काठमाडाैं । वागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ ।
भक्तपुरमा शुक्रवार एक कार्यक्रमको आयोजना गरी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले वागमती प्रदेशका १३ वटै जिल्लाहरुले १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सम्पूर्ण खोपहरु प्राप्त गरेको सुनिश्चित गरिसकेको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय खोप समन्वय समितिबाट वागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चितता प्रमाणीकरण समेत भइसकेकाले वागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मिति २०८२ असार ३० गतेसम्ममा वागमती प्रदेशका १३ वटै जिल्लाहरुले १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सम्पूर्ण खोपहरु प्राप्त गरेको सुनिश्चित गरी राष्ट्रिय खोप समन्वय समितिबाट वागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चितता प्रमाणीकरण समेत भइसकेकाले वागमती प्रदेशलाई आज मिति २०८२ साउन १६ गते शुक्रवारका दिन पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्दछु ।’
२०८२ असार ३० गतेसम्ममा वागमती प्रदेशका १३ वटै जिल्लाहरुले १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सम्पूर्ण खोपहरु लगाएका थिए ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर