गत १० गते शनिवारको अङ्कबाट क्रमशः
हिमाली भेगको चिसो ठाउँमा आगा धान लाउनेहरूको कात्तिकदेखि नै भित्य्राउने चटारो थियो । लेकको चिसो पानी लाग्ने खेतहरूमा मसिनो धान कृष्णभोग, बिरिमफूल, रमनी, इन्द्रबेली, कालनाथ्री, समुद्र फिँज, मनभोग, झिनुवा र गैरीखेतहरूमा जर्नेली, आँपझुत्ते, अनदी र पाखाटारीहरूमा मन्सरा, मानामुरी, पहँेले, एक्लेधान लगाउँथे । बिटाउने, पाँजामा दाईं हाल्ने, कुनियो लगाउँने पनि चलन थियो । सिमथली कान्छाको हुडीको मुहान खेतमा नि जैले पनि मसिनो बासमती लगाउँथे । बिटा लाउन/पाँजामा दाइँ हाल्न टाढाको पाइक हुनाले रात बसेर दाइँ गर्ने पराल किन्ने गाहाकी आए खलैबाट दिने नआए टौवा हालेर राख्ने चलन थियो । यस वर्ष पनि पाँजा बिटालाएर कुन्नियो लाएर छोडेका थिए ।
सबैतिर चकमन्न भएपछि चारै भाइ खलामा जम्मा भएर खुरुखुरु कुन्युबाट मुठा थुतेर धमाधम धान झाँट्न थाले करिब एक मुरी जति धान झाँटेका थिए । मध्य रात हुन लागिरहेको थियो । मान्छे खितिती खितिती हाँसेको आवाज आयो । सुनेर पनि आफैँमा विश्वास नलागेर एक अर्कामा नभनी झाँटिरहे ।
मङ्सिर महिना जानै लागेको थियो । पल्ला गाउँका मानिसहरूको खेतै थिएन भएको खेत पनि सुख्खाटारी मूल चाँडैनै सुक्ने हुनाले त्यत्ति राम्रो धानै फल्दैनथ्यो । मीठो मसिनो बास आउनेको त कुरै भएन । दिनभरि गोठालो हुँदा त्यही फाँटमा दिनहुँ जस्तो वस्तुभाउ ल्याउने हुनाले सधैँ सिमथली साहुको कुन्युको बासमात्रै सुघेर चित्त बुझाउनुपर्ने । ए, केटा हो आज राति यो फाँटमा छाउनी खेल्न आऊँ, के भन्छ यो बटारे ? कस्सो घर छ फाँटमा र छाउनी खेल्ने भनेको भनेर मटारेले भनेपछि, हेर भाइ हो यो कुन्युको सधैँ बासमात्र कति सुघ्ने हामीले खान पनि हुन्छ नि । आज राति हामी चार भाइ म, मटारे, मखिने र माकुने आऊँ र सकेको धान झाँटेर लैजाऊँ हुन्छ ल भन ? ठीक भनिस् बटारे ल हुन्छ गाउँ चकमन्न भएपछि आउँने र ठोक्ने । ल ल हुन्छ । सबैको सल्लाह भयो बस्तुभाउ लिएर घर फर्के ।
सबैतिर चकमन्न भएपछि चारै भाइ खलामा जम्मा भएर खुरुखुरु कुन्युबाट मुठा थुतेर धमाधम धान झाँट्न थाले करिब एक मुरी जति धान झाँटेका थिए । मध्य रात हुन लागिरहेको थियो । मान्छे खितिती खितिती हाँसेको आवाज आयो । सुनेर पनि आफैँमा विश्वास नलागेर एक अर्कामा नभनी झाँटिरहे । मान्छे भने हाँसेको हाँसेई छ तब माकुनेले मुख फोर्यो ‘ए केटा हो मान्छे हाँसेको हाँसेई के सुनेनौ ?’ सबैले भने सुनेर नि नभनेको । अझै बेस्सरी हाँसिरर्यो । अल्लारे गदाहा पच्चीसे नकाटेका केटाहरू चारैजनाले एक आपसमा हात समातेर वरपर चारैतिर हेरे तर आवाज नजिकै आउँदा दङ्ग परेर हेरे । एउटा काठको घोचोमा मरेको गोरुको टाउको उनेर झुण्ड्याएको छ ।
त्यसबाहेक केही नदेखेपछि बटारेले चर्कै स्वरमा सोध्न लागेकोले मटारेले भन्यो, ‘ओई, चोरमा स्वर हँुदैन बाबै बित्यास पार्लास् भन्यो ।’ ‘हृया पाजी नकरा’ भनेर ‘ए हाँस्ने मान्छे तिमी कहाँ छौ ? को हौ ? ल भन’ भन्यो । तब आवाज आयो म यहीँ छु, तिमीहरू नजिकै छु ।‘ ‘तिमी किन हाँसेको ल भन ?’ ‘तिमीहरूलाई अर्काको धान कुन्यु फोरेर रातमा चोरेर झाँटेको देखेर दया लाग्यो । भर्खरका केटा नराम्रो काममा लाग्यौ त्यसैले ।’ ‘अहो यसो भन्ने तिमी को हौ ?’ ‘म कुन्यु धनीको बाउ सिमथली साहु ।’ ‘ए बुढा तिमी त मरेर पनि फेरि यहीँ छौ ?’
‘छु बाबु मर्नेबित्तिकै यसकै गोठमा बाच्छो भएर जन्मेँ । एक वर्ष नहँुदै बुढो गोरुसँगै नारेर जोत्न थाल्यो । म खुरुखुरु जोत्दै गएँ । बुढो मरेपछि अर्को वर्ष मेरै दावलीको ल्याएर हल बनायो । हामी दुई भएर झण्डै दस वर्ष जोतेपछि म यही खेतको छेउको भिरको घाँसको डालो तान्दा लडेर मरेँ । स्याल कुकुर गिद्धले मासु खाए टाउको त्यहीँ थियो । वर्षामा मासु गलेर गयो ।’ ‘अहिले बोलिरहेको तिमी को हौ त नि ?’ ‘म त्यही गोरुको टाउको हुँ बाबु । यो खेतको रोपोमा आँखा नलागोस् भनेर ल्याएर यसरी राखिदियो ।’ ‘ए बा, यस्तो कसरी भयो ? त्यो पनि हामीलाई भन ।’
म र छोरो कान्छो भोटमा नुन लिनसँगै गएका थियौँ । बाटोमा चिउरा दही केरा किनेर खायौँ । हामी एउटै घरमा बसे पनि भिन्दाभिन्दै हिसाबकिताब र खानपिन थियो । लिनुदिनु पनि हुन्थ्यो । त्यसदिन कान्छाले मेरो हिसाबसमेत बुझायो तर मैले घर ल्याउन अरू पनि सामान किनेँ, मसँग पैसा निकाल्न कम्मरमा असजिलो भएकोले सापट मागेर तिरेपछि दिउँला भनेँ । घरमा आएर दिनुपर्ने उसले पनि बासँग के माग्ने सम्झेर दिनुहोला भन्ठानेछ । मैले त भुसुक्कै बिर्सिएर प्राण छाडेछु । आजसम्म त्यति जाबो सापटीले त म यसरी मरेको खप्परले पनि रखबारी गरेर तिर्दैछु भने तिमीहरूले कसरी तिरौला ? भनेर दया माया लागेर हाँसेको बाबु हो ।’
कान्छालाई राति सपनी भयो ‘बाबु म मुक्त भएँ, तेरो तिरियो है ।’ तँलाई केही दोष छैन आशीष नै छ सबै भाइ मिलेर बस्नू । ती चार भाइ धान चोर्न गएको कुरा कहिल्यै नगर्नू बरु तिनका लागि केही गरिदिनू है । कच्चा उमेरको खेल हो र पनि मलाई मुक्ति दिलाए, तिनको कल्याण होस् ।’ ऊ झल्यास्स बिउँझियो । पूर्वउज्यालो भइसकेको रहेछ । आँखाभरि बरबर आँसु लिएर भक्कानिएर भुइँमा तल झर्दैथ्यो अनयाशै मुखबाट आवाज निस्क्यो बा हौ ।
‘अहो बा, हाम्रो आँखा खुल्यो । हामी कुमार्गमा लागेका रहेछौँ । हामीलाई सुमार्गमा ल्याई दिनुभयो । अब हामी यो कुन्यु बनाएर झाँटेको धान पराल बोकेर कान्छा साहुको घर लगेर बुझाएर माफी माग्छौँ । अब तपाईं कसरी मुक्ति हुनुहुन्छ त ? हामीलाई भनिदिनुस् ।’ ‘मेरा लागि केही गर्छौ भने मेरो यो टाउको घाटमा लगेर पूरै मानिसकै झैँ सतगद् गरेर ल बा मुक्ति हुनुभयो भनेर पानी दियो भने मेरो स्वर्गको बाटो खुल्छ बाबु हो ।’ ‘ल बा हस्’ भनेर कुनियो बनाएर झान्टेको धान पराल बोकेर गाउँतिर लागे । सिमथली कान्छाको घरमा पुगेर सबै बेलिबिस्तार लाए । ‘ल दाइ हामी चोर हौँ जे गर्नुपर्छ गर्नुस्’ भने ।
कान्छा साहुले बाहिर आएर भन्यो ‘बाबु हो तिमीहरू मेरा देवदूत हौ चोर होइनौ । तिमीहरूलाई ईश्वरले धान चोर्न पठाएको होइन मेरो बाको मुक्तिका लागि पठाएको रहेछ । मैले तिमीहरूको गुन कसै गरे पनि तिर्न सक्तिन । तैपनि उज्यालो भएपछि जाउँ बाको सतगद् गरौँ । म अरूलाई बोलाउँदिन । मेरा दाइहरूलाई पनि एकै चोटि घाटमा आउनू भन्छु । यो धान मैले खाने राख्ने होइन, यो तिमीहरूको हंस र अंशले पाउनुपर्छ । त्यसैले यस वर्ष एक एक मुरी चारै भाइलाई म दिन्छु । अर्को वर्षबाट जनही दुई-दुई मुरी इन्द्रबेली धान लाग्ने आँठो नै म भाइहरूलाई सधैँका लागि कित्ता छुट्याइदिन्छु । यसमा नाई तिमीहरूले भन्न पाउँदैनौ । यो मेरा बाको मुक्तिका लागि मैले तिमीहरूलाई दान दिएँ’ भन्दै भित्र पसे । ‘नाइ नभन ल । लौ हामी त के भनौर खोइ ? दाइ ?’
सतगद्का सामान लिएर निस्के ‘ल जाऊँ’ भन्दै । ‘ए दाइहरूलाई घाटमा जानुपर्छ भन्न छोराछोरीलाई पठाऊँ है’ भन्दै पाँचैजना बाटो लागे । फाँटमा पुगेर गोरुको टाउको समातेर रुन लाग्यो ‘बा मलाई माफ गर है, मैले चिनिन जानिन । म तिम्रो पूरा सतगद् गर्छु । तिमी आजबाट मुक्त भयौ स्वर्गमा जाऊ । श्राप नदेऊ’ भन्दै रुँदैरुँदै सेतो कपनले बेरेर बाटो लागे । घाटमा दाइहरू पनि पुगिसकेका रहेछन् । कान्छाले ‘मेरा कारणले बाको यो गति भएको हुनाले दागबत्ती मै दिन्छु, दाइहरू साथ लाग्नु है’ भनेर दाग बत्ती दिएर झाँक हाल्यो ‘बा हौ तपाईंको मुक्ति होस्, बैकुण्ठमा बास होस् । मैले पाएँ लिएँ । तिर्नुभयो तर मैले अन्जानमा गरेको गल्तीको पाप नास होस् हजुरले तिरिसकेर मुक्ति हुनुभयो’ भनेर रोयो । सबै भाइ सारा वृत्तान्त बटारेले बताएपछि अति दुःख मानेर रोए । घाटको समाप्तिपछि सबै घरतिरको बाटो लागे ।
कान्छालाई राति सपनी भयो ‘बाबु म मुक्त भएँ, तेरो तिरियो है ।’ तँलाई केही दोष छैन आशीष नै छ सबै भाइ मिलेर बस्नू । ती चार भाइ धान चोर्न गएको कुरा कहिल्यै नगर्नू बरु तिनका लागि केही गरिदिनू है । कच्चा उमेरको खेल हो र पनि मलाई मुक्ति दिलाए, तिनको कल्याण होस् ।’ ऊ झल्यास्स बिउँझियो । पूर्वउज्यालो भइसकेको रहेछ । आँखाभरि बरबर आँसु लिएर भक्कानिएर भुइँमा तल झर्दैथ्यो अनयाशै मुखबाट आवाज निस्क्यो बा हौ । समाप्त ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम