काठमाडौं । नेपाली खेलकुद क्षेत्रका विभिन्न खेलाडीको जीवन यात्रा समेटिएको पुस्तक ‘खेलाडीः संघर्षदेखि सफलतासम्म’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक समारोहमा उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले पुस्तक विमोचन गर्नुभएको हो । खेलकुद पत्रकार विष्णु थापाले लेखेको पुस्तकमा ७७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीको संघर्ष, उतारचढाव र सफलताको प्रेरणादायी यात्रा समेटिएको छ । नेपाल माला मिडिया प्रालिबाट प्रकाशित २६० पृष्ठको पुस्तकमा विभिन्न खेलका खेलाडीहरूको व्यक्तिचित्र संग्रहित छन् ।
विमोचन समारोहमा मन्त्री सिंहले खेलकुदलाई राष्ट्रको समृद्धि मापन गर्ने एक महत्वपूर्ण सूचक बताउँदै पुस्तकले भावी पुस्ताका लागि प्रेरणाको स्रोत र ऐतिहासिक दस्तावेजका रूपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले पत्रपत्रिकामा लेखिएका खेलाडीका कथाहरू पुस्तकमा संकलन भएर आउनु सकारात्मक प्रयास भएको उल्लेख गर्दै यो कृतिले अन्य पत्रकारलाई पनि यस्तै पुस्तक लेख्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल र्याफ्टिङ तथा क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले पुस्तकले खेलाडीहरूले भोगेका दुःख, संघर्ष र सफलताको कथा एकै ठाउँमा ल्याएकोमा लेखक थापालाई बधाई दिनुभयो ।
त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले पत्रकारहरूले निरन्तर रूपमा खेलाडीका पीडा र सफलताका कथा प्रकाशित गर्दै आएको उल्लेख गर्दै तिनलाई पुस्तकका रूपमा दस्तावेज गर्नुले विशेष अर्थ राख्ने बताउनुभयो ।
लेखक थापाले दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा क्रियाशील रहँदै नेपाली खेलकुदका विभिन्न आयामलाई समेट्दै आउनुभएको छ । उहाँले पुनर्जागरण साप्ताहिक हुँदै विभिन्न साप्ताहिक, मासिक, पाक्षिक तथा दैनिक पत्रिकामा लेखिएका सामग्रीलाई एकत्रित गर्दै यो पुस्तकको रूप दिएको जानकारी गराउनुभयो ।
पुस्तकमा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने जितबहादुर केसीदेखि हालै पेरिस पारालिम्पिक २०२४ मा कांस्य पदक जितेकी पलेशा गोवर्धनसम्मको प्रेरणादायी यात्रालाई समेटिएको छ ।







देशभर मनसुन सक्रिय, केही प्रदेशमा
बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ
बाँकेमा साइबर अपराध : मुद्दा
यस्तो छ आजका लागि विदेशी
भोजपुरको डाँडागाउँमा ‘एक घर, एक