झापा । झापाको शिवसताक्षी नगरपालिका-११ स्थित निर्माणाधीन दूधे रंगशालामा आगामी कात्तिक १५ गतेदेखि २२ गतेसम्म देशकै सबैभन्दा ठूलो पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजक झापा महिला गोल्डकपले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । प्रतियोगितामा आयोजक टोलीसहित त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, नेपाल प्रहरी, भारत र भुटानको एक–एक टोली तथा ‘ए’ डिभिजनका थप दुई टोली गरी कुल आठ टोलीको सहभागिता रहनेछ ।
आयोजक समितिका संयोजक सन्तोष थ्रोपा लिम्बूले प्रतियोगिता सम्पन्न गर्न करिब एक करोड रुपैयाँ खर्च लाग्ने जानकारी दिनुभयो । प्रतियोगिताको विजेता टोलीलाई हालसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशिसहित सात लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ । यस्तै, विधागत रूपमा उत्कृष्ट खेलाडीहरूलाई पनि आकर्षक नगद पुरस्कार प्रदान गरिने बताइएको छ ।
पत्रकार सम्मेलनमा शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थ्रोपा रोशन, उपप्रमुख नरमाया कार्की, झापा-११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङलगायतले प्रतियोगिता सफल पार्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर