काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालमा संरक्षणको अभावका कारण स्विट्जरल्यान्ड जस्ता सुन्दर प्राकृतिक क्षेत्रहरू ओझेलमा परेको बताउनु भएको छ।
शनिबार काठमाडौंमा आयोजित तारापति भट्टराई स्मृति प्रतिष्ठानको कार्यक्रममा सम्बोधन गर्दै उहाँले नेपालको प्राकृतिक सौन्दर्यको महत्त्व र संरक्षणको आवश्यकता विशेष रूपमा औंल्याउनु भयो ।
डा यादवले नेपालको सुन्दरता अद्वितीय रहेको बताउँदै भन्नुभयो, “धेरै स्विट्जरल्यान्ड हाम्रो देशमा छन्, तर संरक्षणको अभावले ती ओझेलमा परेका छन्।” उहाँले आफ्नो जीवनकालमै चारकोसे झाडी र चुरे क्षेत्र विनाश हुँदै गएको उल्लेख गर्दै, “जंगल बेचेर पहिला पञ्चहरुले पैसा कमाए, अहिले रातारात चुरे दोहन भइरहेको छ,” भनेर चिन्ता व्यक्त गर्नुभयो ।
उहाँका अनुसार चुरे पहाड जलको प्रमुख स्रोत हो, र यसको दोहनले तराईका जिल्लाहरूमा खानेपानीको संकट सिर्जना भएको छ। “पूर्वी तराईमा पानी पर्दैन, जंगल छैन, चुरे खनेर लगिएको छ,” उहाँले भन्नुभयो ।
डा यादवले यस्ता संकट समाधान गर्न नैतिक आचरण, संरक्षणको भावना र सामाजिक रूपान्तरणप्रतिको जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो। उहाँले थप्नुभयो, “देश कसरी बनाउने भन्ने प्रश्न हरेक नागरिकले मनन गर्नुपर्छ।”
उहाँले नेपालको संविधान उत्कृष्ट रहेको र त्यसको रक्षा गर्दै अघि बढ्नु राष्ट्रको हितमा हुने धारणा पनि व्यक्त गर्नुभयो ।






कांग्रेस इतर पक्षको राष्ट्रिय भेलामा
प्रहरी प्रमुखमाथि जुन व्यवहार भएको
राष्ट्रिय भेलामा पुगे देउवा, सबै
कांग्रेस एकजुट भए कसैले पराजित
शेरबहादुरजीकै नेतृत्वमा कांग्रेस अगाडि बढ्छ
रेसुङ्गामा स्नातकोत्तर प्रथम सेमेस्टरको भर्ना