हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकामा बाख्रा चराउन जंगलमा गएको समयमा एक जना पुरुषको भिरबाट लडेर मृत्यु भएको छ । शनिबार अदानचुली गाउँपालिका-३ को माझखर्कस्थित पानी टोट्का भन्ने ठाउँमा भिरबाट लडेर वडा-२ गल्बाका अन्दाजी ३६ बर्षिया नान बुढाको मृत्यु भएको हो ।
शनिबार वनमा बाख्रा चराउन खर्कबाट जङगल पुगेका बुढा अबेर साँझसम्म बास बस्ने खर्कमा नआएपछि श्रीमतीले खोजी गर्ने क्रममा पानी टोट्का जङगलको भिरबाट करिब १०० मिटर तल मृत अवस्थामा फेला पारेको बुहारी शान्ती बुमी (बुढा)ले बताउनुभयो ।
जङगल घरबाट गल्फागाड खोल पारी टाढाको वनमा भएकाले मृतक बुढाको लास लिनका लागि स्थानिय त्यस तर्फ लागेको उहाँले बताउनुभयो । खर्कमा समेत मृतक बुढा र श्रीमती मात्रै भएकाले आइतबार बिहान मात्र पारिवारीक श्रोतलाई जानकारी आएको हो ।
मृतक बुढा शनिबार भिरबाट लडेर मृत्यु भएको भएपनि आइतबार विहान मात्रै लास भेटिनुका साथै गाउँमा जानकारी आएको थियो । जानकारी आए लगत्तै घरमा ल्याउनका लागि स्थानीय त्यस तर्फ लागेका छन् । यस क्षेत्रमा यतिबेला सबैका पशुचौपायहरु खर्क मै राख्ने गरिएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच