नवलपरासी । बर्दघाट नगरपालिका-५, बण्डाखोला जितपुरका १६८ घरपरिवारले जग्गाधनी प्रमाण-पत्र (लालपुर्जा) प्राप्त गरेका छन् । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई लक्षित गर्दै भूमि समस्या समाधान आयोग, पश्चिम नवलपरासीले पुर्जा वितरण गरेको हो ।
दुई चरणमा सम्पन्न उक्त वितरण कार्यक्रममा पहिलो चरणमा ६७ र दोस्रो चरणमा थप १०१ घरपरिवारले लालपुर्जा पाएका हुन् । लालपुर्जा प्राप्त गरेपछि सेवाग्राहीहरू निकै खुसी देखिएका थिए । समारोहका प्रमुख अतिथि संघीय सांसद विनोद चौधरीले लालपुर्जा वितरणलाई 'स्वामित्व मात्र नभई आत्मसम्मान, आत्मबल र आर्थिक समृद्धिको कडी' भएको बताउनु भयो । उहाँले राज्यद्वारा प्रदान गरिएको स्वामित्वले नागरिकमा विश्वास र आत्मबल बढाउने धारणा राखे ।
कार्यक्रममा भूमि आयोगका जिल्ला अध्यक्ष लालबहादुर गुरुङले आयोगले निष्पक्ष र प्रभावकारी रूपमा काम गरिरहेको जानकारी दिनु भयो । उहाँले आयोगप्रतिको जनविश्वासलाई थप मजबुत बनाउँदै जाने बताउनु भयो । जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव रुदल, बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठलगायतले आयोग र स्थानीय तहबीचको सहकार्यले विकास र पुनर्स्थापनाको प्रक्रियालाई सहज बनाएको धारणा राख्नु भयो ।
पूर्व प्रदेशसभा सदस्य दीपेन्द्र अधिकारीले जोतभोग नगरेका सुकुम्बासीहरूको लागि वैकल्पिक व्यवस्थापन खोज्न आयोगसँग आग्रह गर्नुभयो ।बर्दघाट नगरपालिकाकाअनुसार हालसम्म बर्दघाटमा ७ हजार २ सय ७० जनाको लालपुर्जाका लागि निवेदन दर्ता भएको छ । तीमध्ये ८ सय ४४ जना भूमिहीन दलित, १ हजार ४ सय ८१ जना भूमिहीन सुकुम्बासी र ४ हजार ९ सय ४५ जना अव्यवस्थित बसोबासी रहेका छन् ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच