काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री काठमाडौं उपत्यकाको यातायात प्रणाली समस्याग्रस्त रहेको बताउनुभएको छ ।
आईतवार ललितपुरमा जीवन्त र सांस्कृतिक काठमाडौं उपत्यकाको लागि दिगो, सुरक्षित र समावेशी यातायात विषयक गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाहरु समेटिएको काठमाडौं उपत्यका नेपालको आर्थिक, सांस्कृति र प्रशासनिक गतिविधिको केन्द्र भएको बताउनु भयो ।
सन् २०१२ मा बनेको सन् २०१७ मा अद्यावधिक गरिएको पछिल्लो मास्टरप्लान यता यातायातको अवस्था निकै बिग्रिएको बताउनु भयो । बढ्दो सवारीसाधन, अव्यवस्थित शहरीकरण र अपर्याप्त पूर्वाधारका कारण गम्भीर ट्राफिक जाम ढिलाइ र वायुप्रदुषण बढेको बताउनु भयो । यसले दैनिक यातायातलाई मात्र नभइ आर्थिक उत्पादकत्व र जनस्वास्थ्यलाई पनि प्रभावित पारिरहेको जिकिर गर्नुभयो ।
नेपालको संविधान, दीर्घकालीन दृष्टिकोण २०४३, १६ औं आवधिक योजना राष्ट्रिय यातायात नीतिले समृद्ध, समावेशी र स्वच्छ वातावरणसहितको नेपालको परिकल्पना गरेको बताउनु भयो । काठमाडौं उपत्यका शहरी यातायात प्रणाली मास्टरप्लान परियोजनाले ट्राफिक जाम, वायु प्रदुषण जस्ता महत्वपूर्ण समस्याहरुलाई सम्बोधन गर्दै दिगो आर्थिक वृद्धि र वातावरणीय बोझ कम गर्ने लक्ष्य राखेको बताउनु भयो ।
मन्त्री दाहालले भन्नुभयो, ‘हाम्रो नेपालको संविधान, दीर्घकालीन दृष्टिकोण २०४३, १६ औं आवधिक योजना राष्ट्रिय यातायात नीतिले समृद्ध, समावेशी र स्वच्छ वातावरणसहितको नेपालको परिकल्पना गरेको छ । काठमाडौं उपत्यका शहरी यातायात प्रणाली मास्टरप्लान परियोजना यि आकांक्षाहरुसँग पूर्ण रुपमा जोडिएका छन् । ट्राफिक जाम, वायु प्रदुषण जस्ता महत्वपूर्ण समस्याहरुलाई सम्बोधन गर्दै यो परियोजनाले दिगो आर्थिक वृद्धि र वातावरणीय बोझ कम गर्ने लक्ष्य राखेको छ । जसले हाम्रा नागरिकको जीवनस्तरमा सुधार ल्याउनेछ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाहरु समेटिएको काठमाडौं उपत्यका नेपालको आर्थिक, सांस्कृति र प्रशासनिक गतिविधिको केन्द्र हो । तर यहाँको यातायात प्रणाली निकै समस्याग्रस्त रहेको छ । सन् २०१२ मा बनेको सन् २०१७ मा अद्यावधिक गरिएको पछिल्लो मास्टरप्लान यता यातायातको अवस्था निकै बिग्रिएको छ । बढ्दो सवारीसाधन, अव्यवस्थित शहरीकरण र अपर्याप्त पूर्वाधारका कारण गम्भीर ट्राफिक जाम ढिलाइ र वायुप्रदुषण बढेको छ । यि कारणहरुले दैनिक यातायातलाई मात्रै होइन, आर्थिक उत्पादकत्व र जनस्वास्थ्यलाई पनि प्रभावित पारिरहेको छ ।’
मन्त्री दाहालले अब पनि निर्णायक कदम नचाल्ने हो भने अवस्था अझै बिग्रिने जिकिर गर्नुभयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच