काठमाडौं । महालक्ष्मी विकास बैंक र भारतको वित्तीय संस्था एचडिएफसी बैंकबीच सीमापार वित्तीय सेवा प्रवद्र्धनका लागि समझदारी भएको छ । समझदारीसँगै भारतबाट नेपालमा सिधा डिजिटल भुक्तानी गर्न सकिने सुविधा सुरु भएको छ, जसले दुई देशबीचको बैंकिङ सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।
समझदारीअन्तर्गत महालक्ष्मी विकास बैंकले भारतको एचडिएफसी बैंकसँगको सहकार्यमा सिएमएस प्रणाली सञ्चालनमा ल्याएको छ । उक्त प्रणालीमार्फत् भारतमा रहेका व्यक्ति वा संस्थाले नेसनल इलेक्ट्रोनिक फण्ड ट्रान्सफर, रियल टाइम ग्रस सेटलमेन्ट तथा अन्य डिजिटल माध्यमहरू प्रयोग गरी नेपालस्थित महालक्ष्मी विकास बैंकको खातामा सिधै रकम जम्मा गर्न सक्नेछन् भने भारतका अन्य बैंकमा रहेको चेक जम्मा गरेर समेत नेपालमा पैसा पठाउन सकिने व्यवस्थासमेत गरिएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच