काठमाडौं । एनआइसी एसिया क्यापिटलले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई ५० प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले नवौं वार्षिक साधारणसभा आगामी भदौ १८ गते बस्ने निर्णयसमेत गरेको छ ।
उक्त वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तथा सञ्चालक समितिले प्रस्ताव गरेअनुसार चुक्ता पुँजीको ५० प्रतिशत (करसहित) नगद लाभांश वितरणको प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।
उक्त कम्पनीले हालसम्म सातवटा साधारणसभामार्फत् दुई सय ४० प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ । नवौं वार्षिक साधारणसभामा प्रस्तावित ५० प्रतिशत लाभांश पारित भएसँगै कुल दुई सय ९० प्रतिशत नगद लाभांश वितरण गर्ने उपलब्धिमा कम्पनी पुग्ने बताइएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच