काठमाडौं । कालिकास्थानस्थित सर्वनाम नाटकघरमा साउन १२ गतेदेखि नाटक ‘जब फूलले आकार लिन्छ...’ प्रदर्शन भईरहेको छ । सर्वनाम २१ औं ब्याचको प्रशिक्षार्थी समूहको प्रस्तुति रहेको नाटकको लेखन तथा निर्देशन प्रशिक्षार्थी समूहले नै गरेको हो ।
मितव्ययी रंग दर्शनलाई प्राथमिकतामा राखेर नाटकहरु निर्माण गर्दै आएको सर्वनामले हरेक वर्ष नियमित रंगप्रशिक्षण कक्षाहरु सञ्चालन गर्दै आईरहेको छ । सडक नाटकका जन्मदाता तथा प्रसिद्ध नाटककार अशेष मल्लले लामो समयदेखि सर्वनाममा ध्यानाभिनय सिद्धान्तमार्फत् नाट्य प्रशिक्षण दिँदै आइरहेका छन् । तीन महिने रंग प्रशिक्षण पश्चात् तयार पारिएको नाटक ‘जब फूलले आकार लिन्छ...’ त्यही सिद्धान्तमा आधारित रहेको छ ।
सुन्दरता, खुशी र समाजको परिभाषालाई भित्री मनको आँखाले परिभाषित गर्ने यात्रा हो नाटक ‘जब फूलले आकार लिन्छ...’ । जहाँ दुई समानान्तर पात्रहरुको आफ्नो भोगाइलाई चित्रण गरिएको छ । एकातिर प्रकृतिसँग रमाउन चाहने रानीफूललाई जब मन्दिरमा चढाउने तयारी गरिन्छ, तब उसको विद्रोहको आवाजहरु गुञ्जिन थाल्छन् । अर्कोतिर परिवार र समाजबाट अपहेलित चित्रकारले आफुलाई कुरुप भनिएकै कारण उसले सुन्दर चित्रहरु बनाउन थाल्छ । यि दुई पात्रहरुको यात्रा, संघर्ष र परिवेशमा नाटकको कथावस्तु तयार पारिएको छ ।
यतिखेर यो नाटकले दर्शकहरुको मन जितिरहेको छ ।





राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम