काठमाडौं । नेपालस्थित बजाजको आधिकारिक बिक्रेता गोल्छा ग्रुपले चर्चित इलेक्ट्रिक स्कुटर ‘चेतक’ नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौंको नक्सालमा नयाँ शोरुम र सर्भिस सेन्टर उद्घाटन गर्दै ‘चेतक ३५०१’ मोडेलको बिक्री सुरु गरेको हो । चेतकको मूल्य तीन लाख २४ हजार नौ सय रुपैयाँ तोकिएको छ ।
गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाका अनुसार चेतक नेपाली सडक र परिस्थितिमा अत्यन्तै सुहाउँदो इलेक्ट्रिक स्कुटर हो । जसमा १६० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । कम्पनीले चेतक परीक्षणका लागि लोमान्थाङसम्म लगेको थियो । ग्राहकको सबैभन्दा ठूलो चिन्ताको विषय आफ्टर सेल्स सर्भिसलाई ध्यानमा राख्दै कम्पनीले नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रिक टु-हिृवलर सर्भिस सेन्टर स्थापना गरेको छ ।
कम्पनीका अनुसार चेतक ३५०१ मोडेल अत्याधुनिक प्रविधिले भरिपूर्ण छ । जसलाई कम्पनीको ‘चेतक एप’ मार्फत् मोबाइलबाटै नियन्त्रण गर्न सकिन्छ । मोबाइलबाटै स्कुटर लक गर्न सकिन्छ । निश्चित भौगोलिक क्षेत्र तोकेर त्योभन्दा बाहिर गएमा स्कुटर स्वतः बन्द हुन्छ भने स्कुटर कहाँ छ भनेर फोनबाटै हेर्न सकिन्छ । चाहेको स्पिडमा मिटर सेट गर्न सकिन्छ । साथै स्कुटर ढलेमा वा दुर्घटना भएमा मोबाइलमा नोटिफिकेसन आउने सुविधा पनि छ ।
चेतकमा ३.५ किलोवाटको ब्याट्री र ४.२ किलोवाटको पिक पावर मोटर जडान गरिएको छ । जसले उकालो बाटोमा पनि राम्रो पर्फर्मेन्स दिन्छ । एकपटकको फुल चार्जमा १५३ किलोमिटरको रेन्ज दिने र नेपाली सडकमा वास्तविक रेन्ज १३५ किलोमिटर छ । फास्ट चार्जिङ सुविधा रहेकाले तीन घण्टामा ८० प्रतिशतसम्म चार्ज हुन्छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर