काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले देशको दुर्गम बस्तीमा उज्यालो पुर्याउन सौर्य विद्युत् उत्पादक संघले महत्वपूर्ण भूमिका खेलेको भन्दै संघको प्रशंसा गर्नुभएको छ । नेपाल सौर्य विद्युत् उत्पादक संघ नेपालको रजत जयन्ती समारोहमा उहाँले भन्नुभयो, ‘सौर्य विद्युत् उत्पादनमार्फत् सरकारले हरेक नागरिकको घरमा उज्यालो दिन नसकेको ठाउँमा संघले महत्वपूर्ण भूमिका खेलेको छ, सिँचाइ गर्न नसकेको ठाउँमा सौर्य प्रणालीमार्फत् सिञ्चित गरेर संघले योगदान दिएकोमा म आभार प्रकट गर्न चाहन्छु । अब तीव्रगतिमा काम गर्ने बेला आएको छ, सरकारले लिएको १० वर्षे दिगो ऊर्जा लक्ष्यमा संघको निरन्तर सहयोग र सहकार्य अपरिहार्य छ ।’
‘हामीलाई इनर्जी सोर्स कहाँबाट आयो भन्ने छैन, हाम्रो डिमाण्ड ब्याट्री र सोलारले पूरा हुन्छ भने हाइड्रोको पछि लाग्नुपर्छ भन्ने छैन । हाम्रो डिमाण्ड भनेको दिउँसो र साँझको बिजुलीको माग धान्न सक्नुपर्यो । हाम्रो राती त्यति बिजुली डिमाण्ड हुँदैन ।’
दिगो ऊर्जा विकासका लागि निजी क्षेत्रको लगानी र साझेदारी थप प्रभावकारी बनाउन सरकारले नीतिगत सहजीकरण गरिरहेको पनि मन्त्री खड्काले बताउनुभयो । स्वच्छ र भरपर्दो ऊर्जाको विकल्पका रूपमा सौर्य ऊर्जा रणनीतिक रूपमा महत्वपूर्ण भइसकेको उल्लेख गर्दै उहाँले जलवायु परिवर्तनको चुनौतीलाई मध्यनजर गर्दै अबको ऊर्जा योजना बहुआयामिक र नवीकरणीय स्रोतमै केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । सरकारले सौर्य ऊर्जाका लगानीकर्तालाई प्रोत्साहन गर्ने उद्देश्यले सौर्य विद्युत् खरिददर पुनरवलोकन, प्रसारण लाइनको पहुँच विस्तार र बैंकिङको व्यवस्थालगायतका विषयलाई प्राथमिकतामा राखेको उहाँको भनाइ थियो ।
संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले सौर्य ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान र सरकारसँगको सहकार्यमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘संघले विगत २५ वर्षमा नीति संवाद, प्रविधि हस्तान्तरण र परियोजना विकासमा महत्वपूर्ण भूमिका खेलेको छ । अब सहकार्य, स्थायित्व र लगानीमैत्री वातावरण आवश्यक छ ।’
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोलार, ब्याट्रीले विद्युत् आवश्यकता पूरा गर्न सके विद्युत् प्राधिकरण हाइड्रोको पछाडि लाग्न आवश्यक नभएको बताउनुभयो । राती र दिउँसोको बिजुली डिमाण्ड सोलर ब्याट्रीले धान्न सक्ने स्थिति भएमा धेरै खर्च गरेर हाइड्रो बनाइरहनुपर्ने बाध्यता हट्ने उहाँको भनाइ थियो । हाल उद्योगहरूमा विद्युत् खपत त्यति नरहेको जानकारी गराउँदै शाक्यले सोलार, ब्याट्रीले साँझ, बिहानको विद्युत्को आवश्यकता पूरा गर्न सके जलविद्युत् नै भनिरहनुपर्ने अवस्था नरहने बताउनुभएको हो । उहाँले सिँचाइ हुने ठाउँहरूमा चोरीको समस्या देखिएकाले त्यहाँ सोलार र पम्प राखेर मिटर जडान गर्नुपर्ने बताउनुभयो ।
कार्यकारी निर्देशक शाक्यले भन्नुभयो, ‘हामीलाई इनर्जी सोर्स कहाँबाट आयो भन्ने छैन, हाम्रो डिमाण्ड ब्याट्री र सोलरले पूरा हुन्छ भने हामी हाइड्रोको पछाडि लाग्नुपर्छ भन्ने छैन । हाम्रो डिमाण्ड भनेको दिउँसो र साँझको बिजुलीको माग धान्न सक्नुप¥यो । हाम्रो राती त्यति बिजुली डिमाण्ड हुँदैन । औद्योगिक क्षेत्रमा अहिले त्यति विद्युत् खपत छैन ।’ उहाँले देशभरका धेरै पालिकाहरूका सडक पोलमा विद्युत्् प्राधिकरणले बत्ती राखिदिने गरे तापनि पालिकाहरूले धेरै वर्षसम्म पनि विद्युत् बक्यौता नतिर्ने गरेको भन्दै अब पालिकाहरूले नै सोलर बत्ती जडान गरेर बिजुली उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तो बिजुलीलाई प्राधिकरणले खरिद गरिदिने उहाँको भनाइ थियो । प्रसारण लाइन नजिक सोलर राख्ने र प्रसारण लाइनभित्र परेका जग्गा सदुपयोग गर्ने गरी प्राधिकरण लागिरहेको जानकारी गराउँदै शाक्यले पाइलट प्रोजेक्टका रूपमा खिम्तीमा सुरु भइसकेको बताउनुभयो । कार्यक्रममा ऊर्जा मन्त्रालयका ऊर्जा सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा मन्त्री खड्काले संघद्वारा प्रकाशित ‘उज्यालो यात्रा’ नामक स्मारिका विमोचनका साथै संघका संस्थापक पदाधिकारीहरूलाई सम्मानसमेत प्रदान गर्नुभएको थियो ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर