हेटौंडा । हेटौंडा–२ स्थित मनकामनाचोकमा आश्रियाना गर्ल्स होस्टेल सञ्चालनमा आएको छ । शैक्षिक तथा व्यावसायिक केन्द्रका रुपमा विकास हुँदै गरेको हेटौंडामा किशोरी तथा महिला बसोबासका लागि सुरक्षित ठाउँको अभाव महसुस गर्दै सिर्जना सापकोटाले आश्रियाना गर्ल्स होस्टेल सञ्चालनमा ल्याउनुभएको हो ।
सञ्चालक सापकोटाको अनुसार २० सिटसहित सञ्चालनमा आएको होस्टेलमा एकल तथा साझा कोठा उपलब्ध छ । हाल करिब ५० प्रतिशत् सिट खाली रहेको र विद्यार्थीका साथै विभिन्न पेशागत् महिला अफिसर बसोबास गरिरहेका छन् ।
१६ वर्ष बैंकिङ क्षेत्रमा अनुभव सँगालेकी उहाँ भन्नुहुन्छ –गाउँघरबाट हेटौंडामा पढ्न र काम गर्न आउने धेरै किशोरी असुरक्षित र जोखिमयुक्त ठाउँमा बस्न बाध्य छन् । यसले उनीहरुको भविष्यमा नकारात्मक प्रभाव पार्ने कुरालाई मध्यनजर गर्दै होस्टेल सञ्चालनमा ल्याएकी छु ।
उहाँ भन्नुहुन्छ –यो व्यवसाय होइन, मेरो लागि त छोरीहरुको अनुहारमा देखिने खुशी नै ठूलो सफलता हो । उनी अभिभावकलाई आग्रह गर्छिन्–आफ्ना छोरीहरुलाई बस्ने ठाउँ छान्दा सुरक्षा र विश्वासलाई प्राथमिकता दिनुहोस् ।
हेटौंडा, शिक्षा र रोजगारीको केन्द्र बन्दै गएपछि यस्तो सुरक्षित आवासीय सुबिधा आवश्यक हुनु पुगेको छ । आश्रियाना गर्ल्स होस्टेलले अभिभावक र विद्यार्थीको आवश्यकतामाथि केन्द्रित भएर सेवा दिइरहेको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच