काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले सरकार निरंकुशतातिर प्रवेश गरेको बताउनुभएको छ ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सञ्चारमाध्यमहरु अब गृह मन्त्रालयअन्तर्गतका निकाय (जिल्ला प्रशासन कार्यालय) मा दर्ता हुनुपर्ने प्रावधान सरकारले ल्याउन लागेको हो ? भन्ने प्रश्नमा उहाँले गृह प्रशासनको प्रयोग गरेर सञ्चारमाध्यमलाई निस्तेज पार्ने काम सह्य नहुने चेतावनी दिनुभयो । सञ्चारमाध्यमहरुले पनि सत्यतथ्यमा आधारित समाचार मात्रै दिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मिडियाका सन्दर्भमा सरकारले गृह प्रशासनलाई नै प्रयोग गर्दै जुन ढंगले मिडियाको मुख बन्द गराउन प्रयत्न गरेको देखिन्छ । यो अनुपयुक्त हो । सत्यतथ्यमा आधारित समाचार दिने कुरामा मिडिया लाग्नुपर्छ । आफ्नो अनुशासनमा रहनुपर्छ । तपाईंहरुलाई कारबाही गर्ने, गलत समाचार छापिदिएर कारबाही गर्नुपर्ने प्रेस काउन्सिलले नै टुंगो गर्ने हो । एक खालकोअदालत पनि हो । त्यसको भुमिका निस्तेज गर्दै गृह प्रशासनको हिसावले गर्ने हो भने निरंकुशतातिर प्रवेश ग¥यौँ ।’
सञ्चारमाध्यमहरु पनि आफ्नो अनुशँसनमा रहनुपर्ने बताउनु भयो ।







सुदर्शन थापाको निर्देशनमा ‘शुभ विवाह’
‘ककाकिकी’ पार्श्व गायनमा अर्जुनको डेब्यु
‘ए मेरो हजुर-५’को शुभमुहूर्त, बडीमालिका
गान्तोकमा नेपथ्यको पहिलो सांगीतिक प्रस्तुति
‘लोकल हिरो’मा अरुण क्षेत्री
‘रोड टु एभरेस्ट’को ट्रेलर सार्वजनिक