काठमाडौं । चलचित्र ‘परिवर्तन’को छायांकन झन्डै दुई महिनामा सकिएको छ । निर्माता दीपक सिवाकोटीले ५६ दिनमा चलचित्रको दुई गीतसहित अन्य दृश्यहरूको छायांकन सकिएको जानकारी दिनुभयो । उहाँका अनुसार एक राष्ट्रिय गीत र एक लोकगीत भने अझै खिच्न बाँकी छ ।
विजय केरुङको निर्देशनमा तयार भएको ‘परिवर्तन’को छायांकन झापाका विभिन्न स्थान बुद्धशान्ति गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, कन्काईमाई नगरपालिका, बिर्तामोड, मेचीनगर नगरपालिकासहित पूर्वी नेपालको प्रमुख शहर विराटनगरमा गरिएको हो ।
चलचित्रमा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइली मुख्य भूमिकामा हुनुहुन्छ । चलचित्रमा सुशीलका एक्सन दृश्यहरू अत्यधिक मात्रामा रहेको जनाइएको छ । दीपक सिवाकोटीको निर्माणमा बनेको चलचित्रमा सुशील र अञ्जनासहित करिश्मा मानन्धर, गौतम तिवारी सूर्यवंशी, बुद्धि तामाङ, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, हेमन्त बुढाथोकी, आएशा कार्की, सागर खरेल, राजु खरेल, कृष्ण कोइराला, सुवास खरेल, कल्पना खतिवडा, शंकर श्रेष्ठ, रोहन सेञ्चुरी, यमनाथ खरेललगायत कलाकारको अभिनय रहेको छ ।
निर्माता सिवाकोटीले चलचित्रको मूल कथा लेख्नुभएको हो भने यसको पटकथा तथा संवाद शिवम अधिकारीले तयार पार्नुभएको हो । चलचित्रमा छायांकन निर्देशन शिव ढकालले, सम्पादन बन्दे प्रसादले र द्वन्द्व निर्देशन श्री श्रेष्ठलेले गर्नुभएको छ । चलचित्रलाई यसै वर्ष प्रदर्शनमा ल्याउने योजनामा निर्माण पक्ष छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच