काठमाडौं । पनौती नगरपालिका-१२, भूमिडाँडाकी १३ वर्षीया सुप्रिया तामाङले ‘जुनियर सिगिंङ स्टार’को उपाधि जित्नुभएको छ । १६ वर्षमुनिका प्रतिभाशाली बालगायक-गायिकाका लागि आर्य मिडिया हाउसले आयोजना गरेको गायन प्रतियोगिताको सुप्रियाले उक्त उपधि जित्न सफल हनुभएको हो ।
अरुणोदय इंग्लिस आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत सुप्रिया प्रतियोगिताको उत्कृष्ट ६ फाइनलिष्टमा पर्न सफल हुनुभएको थियो । फाइनल चरणमा उहाँले प्रस्तुत गरेको आत्मीय आवाज र प्रभावशाली प्रस्तुति निर्णायक सारु गौतमलगायत दर्शकलाई प्रभावित पार्दै उपाधि सुनिश्चित गर्नुभयो ।
उपाधिसँगै सुप्रियाले दुईवटा व्यावसायिक म्युजिक भिडियो र पाँचवटा गीत रेकर्डिङ अवसर प्राप्त गर्नुभएको छ । यसको अनुमानित उत्पादन मूल्य करिब पाँच लाख रुपैयाँ रहेको आयोजकले जनाएका छन् । सुप्रियाको यो सफलता संगीत यात्राको लागि महŒवपूर्ण पाइला भएको उहाँको परिवार तथा विद्यालयले जनाएका छन् ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…