काठमाडौं । सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख राम पुकार साह तेलीलाई एक लाख रुपैयाँ घुस लिएको अवस्थामा रंगेहात पक्राउ गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनलाई वडा नं ६ मा सम्पन्न नाला निर्माण योजनाको भुक्तानी प्रक्रियामा सेवाग्राहीसँग बिचौलियामार्फत घुस मागी लिएको अवस्थामा नियन्त्रणमा लिएको हो।
प्रारम्भिक अनुसन्धानमा, नगरप्रमुख साहले नाला निर्माणपछि भुक्तानी दिने सन्दर्भमा सेवाग्राहीसँग रु १,००,००० घुस मागी लिएको पुष्टि भएको आयोगले जनाएको छ।
प्राप्त प्रमाणका आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) बमोजिमको कसुरमा उनलाई दोषी ठहर गर्दै बिगो बराबरको जरिवाना र कैद सजाय माग गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच