उदयपुर । करदाता सेवा कार्यालय गाईघाटले गएको वर्षमा ६५ करोड राजश्व सङ्कलन गर्न सफल भएको छ । आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले ६४ करोड ८९ लाख ९१ हजार ६ सय रुपैँया राजश्व सङ्कलन गरेको हो ।
२०८१ साउनदेखी असार मसान्तसम्म कार्यालयको राजश्व सङ्कलन लक्ष्यको ८७.३८ प्रतिशत भएको छ । ७४ करोड २६ लाख ५२हजार सङ्कलन लक्ष्य लियकोमा सो वर्ष लक्ष्य भन्दा ८ करोड ३८ लाख ८१ हजार रुपैँया कम राजश्व सङ्कलन भएको कार्यालय जनाएको छ ।
गत वर्ष सब भन्दा बढी राजश्व आयकर बापत १३ करोड ६८ लाख ८१ हजार रुपैँया सङ्कलन भएको छ । जुन लक्ष्यको ८१.२ प्रतिशत हो । कार्यालयले सो शिर्षकबाट ४१ करोड ४८ लाख ७६ हजार उठाउने लक्ष्य लियको थियो। त्यसैगरी दोस्रो ठुलो रकम मुल्य अभिवृदि कर भ्याट वापत २८ करोड ४३ लाख ६७ हजार उडाउने लक्ष्य लिइएको सो शिर्षकमा ९८.७६ प्रतिशत लक्ष्य हासिल भएको कार्यालयका सुचना अधिकारी रेक मगरले बताउनुभयाे ।
त्यसैगरी अन्तशुल्क वापत १ करोड २९ लाख ३५ हजार रकम उठेको छ । जुन लक्ष्यको ६७.३३ प्रतिशत प्रगती हो । कार्यालयले सो शिर्षकमा १ करोड ९२ लाख १२ हजार राजश्व उडाउने लक्ष्य लिएको थियो । कार्यालयले८४ लाख २६ हजार कर वहाल करवापत राजश्व उडठको छ । १ करोड ४५ लाख ९८ हजार उठाउने लक्ष्य लिएको शिर्षकमा सब भन्दा कम ५७.७२ प्रतिशत प्रगति भएको छ ।
सुचना अधिकारी मगरकाअनुसार कार्यालयले ब्याज कर वापत ६३ लाख ३७ हजार सङ्खलन भएको जनाएको छ । सो शिर्षकमा कार्यालयले ६० लाख ९९ हजार रुपैँया उठाउने अनुमान गरेको थियो ।
अगिल्लो आर्थिक वर्ष ०८०/०८१ मा लक्ष्यको ७१.६३ प्रतिशत मात्र राजश्व सङ्खलन भएको थियो । ७८ करोड ७८ लाख ५८ हजार सङ्कलनको लक्ष्य लिइएको सो वर्ष ५६करोड ४३ लाख ७१ हजार मात्र हात परेको कार्यालयप प्रमुख कर अधिकृत अशोकप्रसाद कुशवाहाले जनकारी दिनुभयाे ।







विपद् प्रतिकार्यमा विपक्षी दलहरु सरकारसँगै
भोटेकोशी बाढीपछि सरकारको राहत-उद्धार कार्यबारे
न्यायाधीश रेग्मी र अख्तियार प्रमुख
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी
कानुनमन्त्रीलाई कारबाही गर्न राष्ट्रिय सभाका
ओमानलाई ८७ रनले हराउँदै नेपाल