काठमाडौं । बलिउड अभिनेता दीपराज राणाले नेपाली चलचित्र ‘सुख दुःख’मा अभिनय गर्ने हुनुभएको छ । उहाँलाई चलचित्र ‘सुख दुःख’मा अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाको टिमले अनुबन्ध गरेको हो । ‘सिंघम रिटन्र्स’, ‘प्रेम रतन धन पायो’, ‘दबङ-३’लगायत चलचित्रमा दीपराजले नेपाली चलचित्र ‘कोहिनूर’मा पनि अभिनय गर्नुभएको थियो ।
नीताको निर्देशनमा बन्ने चलचित्र ‘सुख दुःख’को कथा मन परेका कारण आफू यो चलचित्रमा काम गर्न इच्छुक भएको उहाँको भनाइ छ । आगामी फागुनदेखि छायांकन सुरु गर्ने तयारीमा रहेको चलचित्रका लागि निर्माण टिमले केही दिनअघि वीपना थापालाई पनि अनुबन्ध गरेको थियो ।
चलचित्रमा दीपराज र वीपनाबाहेक मिथिला शर्मा र मदनकृष्ण श्रेष्ठ पनि अनुबन्ध भइसक्नुभएको छ । चलचित्रको छायांकनका लागि चर्चित भारतीय छायांकार कवीरलाल र शाहिदलाललाई अनुबन्ध गरिएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच