नेपाल २०६३ साल वैशाख ११ गते तात्कालीन् संसद्वादी सात दल र विद्रोही नेकपा माओवादीको संयुक्त आठ दलीय गठजोरको सफल प्रयासपछि नेपाल लोकतन्त्रमा प्रवेश गरेको हो । सोपछि त्यसै वर्षको माघ १ गते जारी अन्तरीम संविधानदेखि नै २०७२ सालको असोज ३ गते पुनः हालको संविधानमार्फत् अनुमोदित भई यो देश धर्मनिरपेक्षतासहित संघीय लोकतान्त्रिक गणतन्त्रमा छ । यद्यपि सोही अन्तरीम संविधान जारी हुनेबेला कसैको एजेण्डा नै नभई कसैद्वारा सिसाकलमले ड्राफ्टमा घुसाइएर धर्मनिरपेक्षता सो बेलाका इतिहासकै सर्वाधिक प्रशासनिक रूपले बलियो प्रधानमन्त्री तथा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई झुक्याई पारित गराएको विभिन्न त्यस्ता व्यक्तिको नाम कांग्रेस, एमाले, माओवादीबाट बजारमा आएका हुन् ।
वास्तवमा २०७२ सालमा हालको संविधान जारी गर्ने बखत मधेसीको माग पूरा गर्नुपर्ला भन्ने त्रास वा षड्यन्त्रले गर्दा संवैधानिक प्रक्रियालाई केवल औपचारिकतामा सीमित नराखी स्थानीय चोक, चौराहाबाट भयत्रासरहित वातावरणमा आमजनतामाझ छलफल भएको भए धर्मनिरपेक्षताको मुद्दा शायद क्रस हुने थियो किनकि त्यसविरुद्ध जनमत व्यापक थियो र छ पनि । यो लेख आज नेपाल धर्मनिरपेक्ष रहँदा कसरी त्यसको दुरुपयोग भइरहेको छ, कसरी वैश्विक भूगोलमा नेपालले बोल्न नहुने ठाउँमा पनि एउटा विशेष समुदायलाई लाभ पुग्नेगरी मानवाधिकारको दुहाई दिएर बोल्न कर लगाइँदै अझ नेपाललाई द्वन्द्वमा तानिने प्रयास गरिँदैछ, सीमापारि भारतबाट कसरी धर्मान्तरण गराई नेपालमा उक्त विशेष समुदायले धार्मिक उन्माद वा जिहाद फैलाउँदैछ र त्यसका कस्ता-कस्ता केही तौरतरिका समाजमा पहिचान भएका छन्, जसबारे घटनासहित चित्रण गर्दा आमनेपाली सिकार हुनबाट जोगिनेछन् जस्ता मुद्दामा मुख्यरूपले केन्द्रित छ ।
कोरोनामा सामुदायिक प्रवेश
नेपाललाई भारतीय गुप्तचरले भारत र नेपालको विभिन्न चेकनाका, खुला सिमाना नै रहँदा केवल एक प्रवेश नाकाबाट पहिलो कोरोना लकडाउनमा मात्र बंगलादेशी तथा बर्माको बोर्डर नजिकका तर पछि भारतमा अवैध तरिकाले बसेर रहेका करिब साढे १२ हजार रेहिंग्या मुसलमान नेपालमा पसेको रिपोर्ट दियो । यसले भारत र नेपालको साझा बाँकी नाकाबाट अनि खुला सिमानबाट फेरि (फेरि लकडाउन गरिँदा झन् यो संख्या कति ठूलो होला, त्यो सहजै अनुमान लगाउन सकिन्छ ।
समुदायगत, लिंगीय रूपमा महिला वा दलित आयोग दिँदादिँदै एक विशेष धर्मको नाममा मुस्लिम आयोग गठन गरिनु नै नाजायज थियो, जसलाई टेकेर अब एक विशेष समुदायका लागि भनेर धार्मिक रूपमा शहरको बीचमा कबरगाह माग्नेलगायत दिनहुँ नयाँ-नयाँ बखेडा झिकिरहेका छन् ।
सो बेला जन आस्था साप्ताहिकमा प्रकाशित एउटा समाचारलाई यदि आधार मान्ने हो भने नेकपाको सरकारका मुख्य घटक माओवादी र जसपालाई भारतबाट लखेटिएका भनिएका ती अवैध घुसपैठियालाई गोरखा, धादिङ, बनेपा, भारतको सिमानामा व्यवस्थापनको जिम्मा चीनले दिएकोमा कपिलवस्तुको एक होटलमा ललितपुरका श्रेष्ठ थरका व्यापारीले जसपा नेपाललाई एउटा किस्ता भनेर दस करोड रुपैयाँ बुझाएको थियो । सो व्यवस्थापनमा नागरिकता दिलाउनेदेखि मधेसमा ऐलानी वा पर्ती घडेरी वा पचास हजार रुपैयाँ प्रतिपरिवार दिने थियो । जिम्मेवारहरूको यस्तो हर्कत भारतलाई घेर्न यदि चीन र पाकिस्तानको गोटी बनेको देखाउँछ भने कसको के लाग्छ र देशको सुरक्षाको जिम्मा अब कसले लिने हो ?
धर्मान्तरण र जिहाद
भारतमा छवटा अंगुली भएका छांगुरबाबा नामले एक कुख्यातलाई हालसालै त्यहाँको उत्तरप्रदेशको योगी सरकारले पक्राउ गर्दा, विभिन्न सञ्चार सूत्र अनुसार, उनको नेटवर्क नेपालमा पाकिस्तानी मिसनमा भारतविरुद्ध काम गर्ने खासगरी केटाहरूका लागि कथित् विवाहका लागि भारतमा विभिन्न जातका केटी, महिलालाई आर्थिक प्रलोभनमा वा प्रेमजालमा फसाएर धर्मान्तरण गराई सप्लाई गर्ने गरिएको जाँच एजेन्सीले जनाएका छन् । झुक्याएर छांगुरबाबा मुस्लिम मान्छेले अर्बौं रुपैयाँको विदेशी रकम यसमा खर्चेको पत्ता लगाइएको छ जसमा भारत र सोपछि नेपाल नै स्वतः टार्गेट हुनेलाई इस्लामिक देशमा परिणत गर्ने गुप्त योजना रहेको बताइएको छ ।
यसरी मिसनवाइज महिलामाथि टार्गेट गरिनु नै लभ जिहाद हो, जसको प्रभाव तीव्र रूपमा दिनहुँ प्रायः नेपाली कन्याहरू बेपत्ता हुनु, नेपालका युवा वा युवतीले कथित् प्रेममा पाकिस्तानीसँग अचानक पर्नु आदि रूपमा भारतमा झैं हुने देखापरिरहेका छन् । यहाँ नेपालमा मधेसीको विरुद्ध कांग्रेस, एमाले, माओवादी, राप्रपा वा अन्य दलमा पनि विगतमा सत्तामा रहिसकेका तर एकथरी मधेसविरोधीले मधेसी आयोगको समानान्तरमा थारू र पछि मुस्लिम आयोग नै गठन गराए ।
समुदायगत वा लिंगीय रूपमा महिला वा दलित आयोग दिँदादिँदै एक विशेष धर्मको नाममा मुस्लिम आयोग गठन गरिनु नै नाजायज थियो, जसलाई टेकेर अब एक विशेष समुदायका लागि भनेर धार्मिक रूपमा शहरको बीचमा कबरगाह माग्नेलगायत दिनहुँ नयाँ-नयाँ बखेडा झिकिरहेका छन् । तर, धर्मान्तरणमा क्रस्चियनहरू पनि सनातन हिन्दुमाथि नै अतिक्रमण गरिरहेको पाइन्छ, जबकि धर्मनिरपेक्षताको अर्थ बलजफ्ती वा झुक्याएर धर्मपरिवर्तनलाई गैरकानुनी मानिन्छ र एकले अर्काको धर्मलाई पूर्ण सम्मान गर्ने बताइन्छ । यो जसले चालाखीपूर्वक धर्मान्तरण गैरकानुनी रूपमा गराए पनि गलत कार्य हो, बन्द हुनुपर्छ ।
प्यालिस्टिनी मानवाधिकार देख्नेले इजरायलबारे मौन
नेपालमा धर्मान्तरण र एक विशेष समुदायले योजनाबद्ध रूपमा यसरी नेपालको संविधानले दिएको सुविधालाई दुरुपयोग गरिरहेका छन् कि यदि बेलैमा यसलाई बुझिएर लगाम लगाइएन भने भोलि नेपालको न केवल अन्य अल्पसंख्यक धर्ममाथि अपितु सनातन हिन्दु धर्मावलम्बीहरू समेतको स्वतन्त्रतामाथि अंकुश लगाइदिनेछ । हालसालै नेपालबाट मानवाधिकारकर्मीको एउटा समूहले नेपालले प्यालिस्टिनी जनतामाथि इजरायलद्वारा गरिरहिएका हमलामा निर्दोष जनताको ज्यान गइरहेकोमा नेपालले लोकतान्त्रिक र विश्व मानवाधिकारका कानुन मान्ने देश भएकाले बोल्नुपर्ने बताए ।
यो गलत बोलेनन्, सही हो तर उनीहरूले इजरायलका निर्दोष नागरिकमाथि अचानक प्यालिस्टिनी हमासका केही आतंकीले अचानक सयौंको संख्यामा मान्छे किन मारे जसमा नेपाली छोरो विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ, त्यसबारे वा फेरि भारतको जम्मु कश्मिरको पहलगाममा एक नेपालीसहित २६ जना निर्दोष सनातन हिन्दुको धर्म सोधेर आतंकवादीद्वारा मारिँदा भने बोलेनन् । यो सेलेक्टिभ कुरा भयो र माथि यसै उपशीर्षकअन्तर्गत दाबी गरिएको कुरा मानवाधिकारको नाममा केवल एउटा विशेष समुदायको लागि लोकतन्त्रको दुहाई दिएर सरकारलाई बोल्न दबाब दिइँदैछ यो मिल्यो त ?
नेपाली सेक्युलर समूह चुप
यहाँ सेक्युलर अर्थात्, धर्मनिरपेक्ष समूह त्यस्तालाई भनिएको हो जो कोही पनि हुनसक्छ । त्यस्तो मान्छे जो धर्मनिरपेक्षताको नाममा वैश्विक यस शब्दको परिभाषालाई आत्मसात नगरीकन धर्मनिरपेक्षताको अर्थ सनातन हिन्दुमाथिको आक्रमण गरेर कमजोर पार्नेलाई बुझिन्छ । तसर्थ, जान वा अन्जानमा जो गैरसनातनीबाहेक स्वयं सनातनी कुनै प्रलोभनमा परेर वा गैरसनातनी कोही नाम र भेष सनातनीको राखेर सनातन धर्ममाथिको आक्रमणलाई जायज बनाउँदै जाने जो पनि सेक्युलर समूहको सदस्य हुनसक्छ भनेरमाथि उल्लेख गरियो ।
नेपालमा धर्मान्तरण र एक विशेष समुदायले योजनाबद्ध रूपमा नेपालको संविधानले दिएको सुविधालाई दुरुपयोग गरिरहेका छन् कि यदि बेलैमा यसलाई बुझिएर लगाम लगाइएन भने भोलि नेपालको न केवल अन्य अल्पसंख्यक धर्ममाथि अपितु सनातन हिन्दु धर्मावलम्बीसमेतको स्वतन्त्रतामाथि अंकुश लगाइदिनेछ ।
यस्ता सेक्युलर समूहमा प्रायः वामपन्थी विचारक, धर्मलाई अफिम अरूलाई भनेर स्वयं भने गैरसनातनी धर्मको प्रबद्र्धनमा लागेको होस् । यस्ताहरूले गैरसनातनीमाथि आक्रमण, हत्या, बलात्कार, आगजनी, सांस्कृतिक गतिविधिमा असजिलो आदि भए भने देशको मिडिया, सडक, सदन, सरकार सबै हल्लाइदिन्छन् तर सनातन हिन्दुमाथि आक्रमण वा हत्या, बलात्कार हुँदा चुक्ली साँध्छन् र संगठित भई अभियुक्तलाई अदालती खर्चको जोहो गरिदिन्छन् ।
नेपाल र भारतबीच खुला सीमाना छ र नेपाल देश भारतकै जस्तै चीन र पाकिस्तानको धार्मिक निशानामा एक साथ परिरहेको सूक्ष्म अनुभव गर्नसकिन्छ । फरक छ कि भारतसँग चीन र पाकिस्तानको प्रत्यक्ष व्यापार र अन्य प्रोक्सी वार छन् भने नेपाललाई भारतविरुद्ध केही तत्वद्वारा प्रयोग गर्ने गरिन्छन् । लोकतन्त्रमा प्रष्ट गरेर नेपाल र छिमेकी सबै देशको भलाइका लागि हामीले बोल्नुपर्छ । नेपाललाई धर्मनिरपेक्षताको नाममा धर्मान्तरण तीव्र पारी छिमेकी कुनै पनि देशलाई क्षति पुर्याउन खोज्नु, नेपालकै प्रथमतः सनातनीमाथिको अतिक्रमण कुनै पनि हालतमा रोकिनै पर्छ कि वैश्विक परिभाषा अनुसार धर्मनिरपेक्षताको परिभाषा नेपालमा कडाइको साथ सबैबाट पालना होस् वा नेपाल सनातन हिन्दु बाहुल्य देश संविधानमा उल्लेख गरियोस् ।
धर्मानुसार मुस्लिम वा यस्तो आयोग स्वीकार्य सामाजिक बलियो बन्धनका लागि हानीकारक छ तसर्थ, भारतलगायत वैश्विक अभ्यास जस्तो यहाँ पनि अल्पसंख्यक आयोग अन्तर्गत मुस्लिम समुदायलाई अन्य अल्पसंख्यक जात र समुदायसँगै राखिनुपर्छ । विगतमा गल्ती भयो भने त्यो नेपालको हितमा सच्चिनुपर्छ । सेक्युलर ग्याङले के भन्छ, त्यसको आदर्शभन्दा नेपाली समाजको धरातललाई हामीले बुझ्नुपर्छ । विश्वमा कतै धार्मिक आक्रमण भयो भने सम्पूर्ण पक्ष विचारेरमात्र नेपालले जरुरत परे कम, कूटनीतिक भाषामा र आफ्नो क्षमता जति बोल्नुपर्छ न कि एउटा निश्चित समुदायकोबारेमात्र बोल्ने ।







च्याम्पियन्स लिग : एमबाप्पे र
तेक्वान्दोको निर्णायक मण्डलमा छनोट हुनुभएका
एभरेष्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय
माफ बास्केटबलमा ४४ टोली
बालोन डी’ओर मनोनयन सार्वजनिक
डब्लुटिटी युथ कन्टेन्डरमा प्रतिस्पर्धा गर्न