काठमाडौं । गायिका रेखा पोखरेलले गायन क्षेत्रमा आफूलाई अब्बल रूपमा प्रस्तुत गर्दै आउनुभएको छ । दाङको बंगलाचुली गाउँपालिका-१, स्युजा खाँडामा बुबा खगराज पोखरेल र आमा तुलसी पोखरेलको कोखबाट जन्मिनुभएकी रेखा सानैदेखि गीत गाउन भनेपछि हुरुक्कै हुनुहुन्थ्यो । विद्यालयस्तरका सांस्कृतिक कार्यक्रमदेखि गाउँघरका विभिन्न अवसरमा उहाँले आफ्नो कला प्रस्तुत गर्दै आउनुभएको थियो । प्रारम्भिक शिक्षा शिव प्रा.वि.खाँडाबाट, माध्यमिक शिक्षा महेन्द्र मा.वि.स्युजा बोच पोखराबाट पूरा गर्नुभएकी रेखा हाल महेन्द्र मल्टिपल क्याम्पसमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ ।
‘मलाई यो क्षेत्रमा स्थापित गराउन श्रीचौधरी दादा, भोजराज थापा र मेचिकाली टिमको ठूलो योगदान छ । उहाँहरूको साथ र सपोर्टकै कारण म यहाँसम्म आइपुगेकी हुँ’, गायिका रेखा भन्नुहुन्छ । कलाकार बन्ने सपना बोकेर उहाँ २०८१ साल फागुन १७ गते काठमाडौं आउनुभएको थियो । आगमनको दुई–तीन दिनमै उहाँले पहिलो एल्बम ‘भाग्यमाश्री छ’ सार्वजनिक गर्नुभयो्, जसलाई दर्शक-श्रोताले अत्यधिक मन पराए । त्यसपछि सुनिल बिसी र अग्रज कलाकार रोशन सिंहसँग गीत गाउने अवसर पाएपछि उहाँ झन् उत्साहित हुनुभयो ।
हाल रेखा निरन्तर एल्बम रेकर्डिङ, लाइभ दोहोरी, देशभरका मेला-महोत्सवमा प्रस्तुति दिने काममा व्यस्त हुनुहुन्छ । उहाँका ‘भाग्यमाश्री छ, ऐन हेरेर, माया साह्रै छ, देखाउनलाई होइन माया’लगायतका दर्जनौं गीत औधि मन पराइएका छन् ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र