काठमाडौं । साहित्यकार तथा पूर्वप्रशासक गोपी मैनालीको निबन्ध सङ्ग्रह ‘अक्षरके मन’ सार्वजनिक भएको छ । सोमबार अनामनगरस्थित डालो रेष्टुरेण्टमा एक समारोहबीच प्रमुख अतिथि तथा अतिथिहरूबाट उक्त पुस्तक लोकोर्पण भएको हो ।
आयोजक संस्था मुक्तिनाथ दर्शन साहित्य समाज नेपालको अध्यक्ष कलानिधि दाहालको सभापतित्वमा आयोजना भएको उक्त कार्यक्रमको प्रमुख अतिथि प्राडा.दीनेशराज पन्त तथा विशिष्ट अतिथिमा प्राडा.खगेन्द्रप्रसाद लुइँटेल रहनुभएको थियो । कार्यक्रममा प्राडा.अर्जुनदेव भट्टले स्वागत मन्तव्य राख्नुभएको थियो भने निर्मलरमण पराजुलीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा लोकार्पित पुस्तकमाथि डा.हरिप्रसाद सिलवालले तथा डा.परशुराम पौडेलले टिप्पणी गर्नुभएको थियो । यसैगरी उक्त कार्यक्रमा राधेश्याम लेकाली, महेश प्रसाईं, राजेन्द्र केसी, ठाकुर शर्मा भण्डारी, युवराज मैनाली, गोविन्द घिमिरे वेदमणिलगायत साहित्यकारले शुभकामना मन्तव्य दिनुभएको थियो । प्रमुख अतिथि पन्त तथा विशिष्ट अतिथि लुइँटेलले आ-आफ्नो विचार व्यक्ति गरेपछि साहित्यिकार हरिभक्त सिग्देल ‘महेश’ले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।






जलवायु परिवर्तनको असर विश्वसामु पुर्याउन
काँग्रेस महाधिवेशनः ५ हजार ६
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल
नेपथ्यको कन्सर्टले तताउनेछ दसैँको माहोल,
एआईजी दाहाललाई बर्खास्त गर्ने निर्णयबारे
नेकपाको महाधिवेशन स्थानीय तह निर्वाचनपछि,