रोल्पा । जिल्लाका पाँच स्थानीय तह लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका छन्। प्रमुख प्रशासकीय अधिकृतहरू सरुवा भई अन्यत्र गए पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ अधिकृत नपठाएकाले त्रिवेणी, माडि, गंगादेव, थवाङ र लुङ्री गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत अभाव कायम छ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा ती गाउँपालिकाले आफ्ना निकटका कर्मचारीलाई आर्थिक अधिकारसहितको जिम्मेवारी दिई निमित्त कार्यालय प्रमुखको रूपमा कामकाज सञ्चालन गरिरहेका छन्। सम्बन्धित पालिकाका अनुसार, प्रमुख प्रशासकीय अधिकृत अभावबारे मन्त्रालयलाई पटक–पटक जानकारी गराए पनि अहिलेसम्म व्यवस्था भएको छैन।
निमित्त प्रमुखको भरमा कार्यालय सञ्चालन हुँदा भरपर्दो र गुणस्तरीय सेवा दिन नसकेको, साथै प्रशासनिक, प्राविधिक र आर्थिक पक्ष चुस्त-दुरुस्त राख्न नसकेको सेवाग्राहीको गुनासो छ। यसले कार्यालयभित्र गुटबन्दी, आदेश–निर्देशको पालना नगर्ने प्रवृत्ति र अराजकता बढेको जनाइएको छ, जसको प्रत्यक्ष असर सर्वसाधारणमा परेको छ।
रोल्पामा एक नगरपालिका र नौ वटा गाउँपालिका गरी जम्मा दस वटा स्थानीय तह रहेका छन्।








निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…