काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड आबद्ध भएका छन् । नेरुडे लघुवित्तमा कार्यरत करिब एक हजार एक सयजना कर्मचारी रहेका छन् भने उपकार लघुवित्तमा एक सयभन्दा बढी कर्मचारी रहेका छन् । कोषको उक्त योजनामा संगठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारीहरू सहभागी हुन सक्ने व्यवस्था रहेको छ ।
जसअन्तर्गत योगदानमा वा गैरयोगदानमा आधारित भएर संघ-संस्थाले उपदान कोष व्यवस्थापन गर्न सक्नेछन् । सोही व्यवस्थाअनुसार दुवै लघुवित्त वित्तीय संस्था कोषको उपदान योजनामा आबद्ध भएका हुन् । यसअघि पनि कोषसँग नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेड आबद्ध भइसकेको छ । कोषले २०५५ देखि सुरु गरेको उपदान तथा पेन्सन योजनामा विभिन्न संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको उपदान तथा पेन्सनबापतको रकम संकलन गरी लगानी गर्ने र कर्मचारी निवृत्त भएपछि भुक्तानी गर्ने गरिएको छ ।
योजनामा योगदानमा आधारित र गैरयोगदानमा आधारित रकम जम्मा गरी सहभागी हुन सकिने व्यवस्था छ । हाल उक्त योजनामा एक हजार एक सय ५० संगठित संस्था र त्यस्ता संस्थामा कार्यरत करिब ३३ हजार कर्मचारी सहभागी छन् । योजनामा व्यक्तिगत सहभागिता जनाउने कर्मचारीले आवास कर्जा सुविधा, घर मर्मत, पुनर्संरचना, पुनर्तालिकीकरण र घर सजावटका लागि कर्जा सुविधा पाउनेछन् । सहभागीहरूले आर्थिक, सामाजिक, सांस्कृतिक र पारिवारिक प्रकृतिका भैपरी आउने कार्यका लागि सरल कर्जा सुविधा पाउने व्यवस्थासमेत रहेको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर