केही समयअघिको तथ्यांक अनुसार सन् २०२५ को ७ महिनाको अवधिमा ६ लाख ४७ हजार ८८२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटन बोर्डले जनाएनुसार यो भनेको सन् २०१९ अर्थात् कोरोना महामरीपछिकै उच्च प्रतिशतले बढी संख्यामा विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएको अवस्था हो । जनाइए अनुसार सन् २०२५ को जुलाईमा सबैभन्दा धेरै विदेशी पर्यटक भारतबाट आएका छन् । यसरी जुलाई महिनामा नेपाल भ्रमण गर्न आएका पर्यटकको संख्या २७ हजार १५३ जना छ । यो भनेको जुलाई महिनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको सम्पूर्ण संख्या हिसाब गर्दा ३८.७ प्रतिशत हो । त्यस्तै दोस्रो धेरै संख्या चाहिँ चिनियाँ पर्यटक रहेका छन् । सन् २०२५ को जुलाई महिनामा चीनबाट ६ हजार ८९० जना पर्यटक नेपालका आएका छन् ।
सन् २०२५ को जुलाई महिनामा बंगलादेशबाट नेपाल भ्रमण गर्न आएका पर्यटकको संख्या चार हजार ४१३ जना रहेको छ । यो भनेको सन् २०२५ को जुलाई महिनामा नेपाल भ्रमण गर्न आएका सम्पूर्ण पर्यटक संख्याको ६.३ प्रतिशत योगदान छ । त्यस्तै गरेर सन् २०२५ को जुलाई महिनामा नेपाल भ्रमण गर्न आएका पाँचौं धेरै पर्यटक संख्या चाहिँ बेलायतबाट आएका पर्यटक छन् । स्मरणीय छ, सन् २०२५ को जुलाई महिनामा नेपाल भ्रमण गर्न आएका बेलायती पर्यटकको संख्या तीन हजार ५४७ जना छन् । यो भनेको सन् २०२५ को जुलाई महिनामा नेपाल भ्रमण गर्न आएका सम्पूर्ण पर्यटक संख्याको ५.१ प्रतिशत हो ।
सन् २०२५ को जुलाई महिनामा नेपाल भ्रमण गर्न आएका तेस्रो धेरै पर्यटक संख्या चाहिँ अमेरिकाबाट छ । जुलाई महिनामा अमेरिकाबाट ६ हजार ६२६ जना पर्यटक नेपाल आए । यो भनेको जुलाई महिनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको सम्पूर्ण संख्याको ९.४ प्रतिशतको योगदान हो । सन् २०२५ को जुलाई महिनामा नेपाल भ्रमण गर्न आएका चौथो धेरै पर्यटक संख्या चाहिँ बंगलादेशी पर्यटकको रहेको छ ।
सन् २०२५ को ७ महिनाको अवधिमा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या यही आधारमा त नेपाल सरकारले तोकेको संख्या पुर्याउन गाह्रो पर्ने देखिन्छ । सन् २०२५ को ७ महिनाको अवधिमा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या सन् २०२५ को १२ महिना अर्थात् सन् २०२५ को वर्षभरिको अवधिमा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या बढीमा ११ लाख ४०/४५ हजारदेखि ११ लाख ६०/६५ हजार सम्म पुग्ला कि ? भनी अनुमान गर्न सकिन्छ । त्यसका लागि अबको पाँच महिनामा महिनैपिच्छे एक लाख हाराहारी विदेशी पर्र्यटक नेपाल भ्रमण गर्न आउनुपर्ने हुन्छ ।
सन् २०२३ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले प्रतिव्यक्ति, प्रतिदिन केवल ४१ अमेरिकी डलरमात्रै खर्च गरेको तथ्यांक रहेको थियो । त्यस्तै गरेर सन् २०२२ मा त अझैं घटेर नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले प्रतिव्यक्ति, प्रतिदिन गर्ने खर्च केबल ४०.०५ अमेरिकी डलरमा झरेको थियो भनी तथ्यांकमा उल्लेख गरिएको थियो ।
विगत ६ वर्षमा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको वार्षिक संख्या, वार्षिक बसाइ अवधि र विदेशी पर्यटकबाट भएको वार्षिक आम्दानीका सम्बन्धमा तल छोटकरीमा केही जानकारी दिने प्रयास गरिएको छ । गत छ वर्षको समयावधिमा लगभग ४४ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गर्न आएको देखिन्छ । नेपालमा विगत ६ वर्षमा भ्रमण गर्न आएका विदेशी पर्यटकको औसत बसाइ अवधिलाई हेरौं । विदेशी पर्यटकको ६ वर्षको बसाइ अवधि बढीमा १५.०५ र घटीमा १३.०१ दिन देखिन्छ ।
नेपाल भ्रमण गर्न आएको विदेशी पर्यटकको प्रतिदिन औसत बसाइ अवधि चाहिँ लगभग १४ दिन रहेको मान्न सकिन्छ । जुन तथ्यांकलाई हेर्दा अन्य देशमा भ्रमण गर्न जाने विदेशी पर्यटकको तुलनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको औसत बसाइ अवधिलाई साह्रै नराम्रो मान्नु पर्दैन । साथै तेस्रोमा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले गर्ने औसत दैनिक खर्चलाई हेरौं । नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले गर्ने दैनिक खर्च गराई चाहिँ असाध्यै कम रहेको मान्नुपर्ने हुन्छ । त्यतिमात्रै होइन, महँगी र मुद्रास्फीतिलगायतले वर्षेनी नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले गर्ने खर्च बढ्दै जानुपर्नेमा झनै घट्दै गएको देखिन्छ । हुन पनि नेपालको कूल गार्हस्त उत्पादन (जिडिपी)मा पर्यटन क्षेत्रबाट तुलना गर्न योग्य ढंगले बढेको देखिँदैन ।
जस्तै राष्ट्रिय तथ्यांक कार्यालय, नेपाल पर्यटन बोर्ड, राष्ट्र बैंक र विश्व पर्यटन संगठनले संयुक्त रूपमा गरेको ‘टुरिज्म सेटलाइट एकाउन्ट’ गत वर्ष गरेको सुरुवाती अध्ययन अनुसार नेपालको कूल गार्हस्त उत्पादनमा समग्र पर्यटन क्षेत्रबाट तीन दशमलब सतत्तर (३.७७) प्रतिशत पुगेको भनी एक रिपोर्ट प्रकाशित गरेको छ । रिपोर्टमा जनाइए अनुसार राष्ट्रिय तथ्यांक कार्यलय, नेपाल पर्यटन बोर्ड, राष्ट्र बैंक र विश्व पर्यटन संगठनले संयुक्त रूपमा गरेको ‘टुरिज्म सेटलाइट एकाउन्ट’को सो अध्ययन अनुसार समग्र पर्यटन क्षेत्रमा ११.५ प्रतिशत रोजगारी सिर्जना भएको जनाइएको छ ।
हुन त पूर्वअर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१-०८२ को वार्षिक बजेट प्रस्तुत गर्ने क्रममा आर्थिक सर्वेक्षण २०८०-०८१ को प्रतिवेदनलाई उल्लेख गर्दै आगामी १० वर्षमा नेपाल भ्रमण गर्न आउने प्रतिपर्यटकको खर्च गराई औसतमा १२५ अमेरिकी डलर पुर्याउने लक्ष्य लिइएको बताएका थिए । जबकि सन् २०२३ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले प्रतिव्यक्ति, प्रतिदिन केवल ४१ अमेरिकी डलरमात्रै खर्च गरेको तथ्यांक रहेको थियो । त्यस्तै गरेर सन् २०२२ मा त अझैं घटेर नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले प्रतिव्यक्ति, प्रतिदिन गर्ने खर्च केबल ४०.०५ अमेरिकी डलरमा झरेको थियो भनी तथ्यांकमा उल्लेख गरिएको थियो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर