आज पनि रसेटामा केटाकेटी तन्नेरी तरुनी धेरै नै जम्मा भइसकेका थिए । अ ह ह गर्दै साइँलाबा बाटैदेखि चुठेको चिसो हात माढ्दै ‘भन्न पर्यो चाहिँ ‘के छो केटाकेटी हो ? आजको रसेटाको मेलो ?’ ‘के हुनु नि बा तपाईं त भर्खर आउनुभा’छ’ रामेले भन्यो । कालेले थप्यो ‘आ बा आज त दुई तिन्टा भन्नुपर्छ कथा ।’ ‘भन्छस् नाथे ‘चाइँ भन्न पर्यो ‘एउटा कथा सुन्दैमा हाइ काढेर लतारिन्छ । हो बा हो आज हाम्लाई रमाइलो कथा सुनाउनुस् है’ भन्दै बले नजिकै आयो । ‘भन्नुपर्यो चाहिँ आज तिमेरूलाई म टीकाको ठेउवाको कथा भन्छु सुन्छौ त ?’ उनले सोधे । ‘सुन्ने बा सुन्ने ।’ सबैले भने ।
‘ल सुन त कोही नबोल नि बीचमा । फेरि हेर यो संसारका मानिस, चिजवस्तु, जीव-जनावर, प्राणीहरू जो जुनसुकै हुन् हरेकमा एक न एक गुण भएकै हुन्छ । मात्र त्यो रहस्य थाहा पाउँने वा देखाउँने कुनै तत्व वा मानिसको जरुरत पर्दछ । जसरी ढुङ्गामा मूर्ति निकाल्ने शिल्पी मूर्तिकार, कागतमा वा भित्ता स्तम्भमा सजीव स्वरूप बनाउने शिल्पी चित्रकार भनेजस्तै आज हामी मानिस नियमित रूपमै हिँडेको छ तर स्वरूप नदेखिने, बोलेको सुनिन्छ तर स्वरूप नदेखिने, काम देखिने तर त्यही काम गर्ने मान्छे नदेखिने, दम्को सुनिन्छ तर ऊ को हो देखिँदैन, बोलीले चिनिने तर रूप नदेखिने । यस्तो अनौठो कुरा कसरी र के गरेर हुन्छ ? अथवा भयो ? त्यसको गाँठी कुरा के हो ? रहस्य के हो ? लोकवेदमा आधारित यस लोककथामा शोधखोज गरी ल्याउने प्रयाश गरिएको छ । यो कथा शीर्षकमा दिइएको ‘ठेउवा’ चरासँग सम्बन्धित रहेको छ । टीकाको दिनभरिमा एक समय ठेउवा पिंजरामै हराउँछ हो त्यही समय यस कथाको रहस्य हो बुझ्यौ त ?’ साइँलाबाले भने ।
इन्द्र छद्मभेषी रूपमा जतासुकै हिँड्ने र परिआए अर्काकी श्रीमतीसँग सहबासमा पनि छद्म रूपमै पुगेर स्वार्थ सिद्ध गर्ने भएकाले श्रापमा समेत नपरेका होइनन् । तसर्थ इन्द्रकै जालबाट यो शास्त्र बनेकाले यसलाई इन्द्रजाल भनिएको हुनसक्छ । इन्द्र पनि उपभोक्ता नै हुन् ।
हामीले सुनिआएकै हौँ कुनै पनि यज्ञ अनुष्ठानहरू कि त मन्त्र, कि तन्त्र र कि यन्त्र विधिद्वारा गरिन्छ । जसलाई लोकबोलीमा भन्दा मान्त्रिक, तान्त्रिक र यान्त्रिक भनिन्छ । मन्त्रको कारण सूर्य कुन्ती भए ठाउँ आए यो मान्त्रिक भयो । तन्त्रद्वारा मरण, मारण, (मोहिनी ) वशीकरण आदि तान्त्रिक विधिबाट सिद्ध गर्नु तान्त्रिक, चन्त्र अथवा जन्तर धातुको प्रयोग र डोकामा पानी अड्याउनु यान्त्रिक विधि हो । देख्दा डोकाको आँखा छ्याङ्गै छ तर डोकाभरी पानी छ छुन कसैले पाइँदैन किनकि डोकोमा घ्यूकुमारीको र्यालले राम्रोसँग पोतेर सुकाएर यो यान्त्रिक काम भएको छ अनि छोए प्वाल परिहाल्छ राजाको सिन्दूर छोए खरानी भने जस्तै हो ।
त्यसैगरी हामीले इन्द्रजालबारे पनि सुनेको हुनसक्छ । माथिको डोकाको पानी इन्द्रजाल विधि हो किनकि त्यो यन्त्र, मन्त्र, तन्त्र शास्त्रको नामै इन्द्रजाल राख्नुको पछाडि पनि रहस्य लुकेको हुनसक्छ किनकि इन्द्र सधैँ सबैसँग सशंकित हुने राजा शासक हुन् । हुन त कुनै पनि शासक शक्ति, सैनिकको आडमा आफूलाई बलियो ठान्छन् जब शक्तिको आड र नजिक हँुदैन त्यसभन्दा कायर डरछेरुवा दोस्रो उपमा छैन । त्यसैले इन्द्र आफ्नो रूप बदली बदली र अदृश्य रूप लिएर पनि अरूको खोजीनिति र चासो गर्थे मैलाई सिध्याउन हो कि भनेर किनकि अपराधीको मन सधैँ ढुकढुक नै गर्छ किनकि जसको मोहर खोटो उसैको मन ढुक ढुक ।
यसरी इन्द्र छद्मभेषी रूपमा जतासुकै हिँड्ने र परिआए अर्काकी श्रीमतीसँग सहबासमा पनि छद्म रूपमै पुगेर स्वार्थ सिद्ध गर्ने भएकाले श्रापमा समेत नपरेका होइनन् । तसर्थ इन्द्रकै जालबाट यो शास्त्र बनेकाले यसलाई इन्द्रजाल भनिएको हुनसक्छ । इन्द्र पनि उपभोक्ता नै हुन् तर यी छद्मभेषी यज्ञ कर्म कसरी र केबाट गरिन्छ अब कथाको चर्चा गर्नतिर लागौँ ।
छद्मभेषी कसरी बन्न सकिन्छ लोकवेदको शाखा लोककथाले के भन्छ ? अब सुरु गरौँ । ‘ठेउवा’ चराहरूमा यस्तो एउटा जातको चरा हो जस्को ढाड पिठिउँमा खैरो र टाउको पँखेटा फिक्का नीलो रङ्गको र पेटतर्फ पनि हल्का नीलो नै हुन्छ । देख्दा राम्रो रङ्गीन देखिन्छ । चुच्चो सामान्य मैना/सारौ आदिको भन्दा थोरै लामो हुन्छ । बस्दा वा कराउँदा ठ्यास्स/ठ्यास्स गर्छ । यो चरा हाम्रो मध्य पहाडी भेगमा चैतदेखि असोज कात्तिकसम्म हामी केटाकेटी छँदा बाक्लै देख्थ्यौँ । २०४० चालीस सालसम्म फाट्टफुट्ट देखेकै हो तर हाल आएर देखेको छैन । यो ठेउवा चरा लोमाथाङ माथिल्लो मुस्ताङतिर प्रशस्तै भेटिन्छ अरे । ठेउवालाई नीलकण्ठ पनि भन्छन् क्यारे ।
‘ठेउवा’ चराको विशेषता केहो भने हरेक वर्षको तिहारको टीकाको दिनको एक समय यो हराउँछ पिंजरामै राखे पनि गायव हुनेहुनाले कुनै मान्छे केही दिन देखापरेन भने के हो ? तँ त टीकाको ठेउवा झैँ हराइस् त भन्ने चलन छ । यो टुक्का भनाइ यही ठेउवा टीकाको दिनमा हराउने हुनाले टीकाको ठेउवा भन्ने उखान टुक्का बनेको हो । अब किन र कसरी ठेउवा रहस्यमय विषयको रहस्य बन्छ त भनेर खोज्दा लोकवेदको कथामा यस्तो भेटिन्छ । ठेउवाले गुँड अग्लो रूखमा बनाउने गर्दछ । जसले तन्त्रविधि गर्ने हो ऊ जब ठेउवाले बच्चा काढ्छ अलि ठूलो नहुँदैमा गुँडमा गएर बलियो सिक्रीले बच्चालाई बाँधिदिन्छ हुर्काइकन उडाएर लान नपाओस् भनेर ।
जब बच्चा भुरभुर उड्न थाल्छन् उडाएर लाने बेला भयो भन्ने हुन्छ तब गएर एउटा दुइटा कति ल्याउने हो लिँएर आउँछन् । उडाइहालेछ भने पनि बाँधेको उडाएर लान सक्दैन उडेर जानसक्दैन । त्यसलाई घरमा ल्याएर बार पारेर बुनेको बनाएको तान्त्रिक पिँजडामा बच्चा राखेर स्याहार गरिन्छ । हुर्काउँदै लगेपछि र हुर्किएपछि जब टीकाको दिन आउँछ बिहानैदेखि उता आगाको अगे्रठ बनाउने आगो फुकिरहने र यता पिँजरामा दुईतिर दुईजना मान्छे बसेर पिँजरामा त्यही ठेउवालाई हेरिरहने । यसरी हेर्दा हेर्दा एक समय पिँजरामै ठेउवा हराउँछ त्यही मौकामा पिँजडैसमेत लगेर ठेउवा पिँजडामा नदेखिँदै आगोको अखेटमा पिँजडै समेत पोल्ने र भष्म खरानी बनाउने । त्यही पिँजडाको पोलिएको विभूति घरमा ल्याएर राख्ने । यो सबैमा बार मुहुर्त मिलाउनुपर्छ । अब प्रयोग कसरी गर्ने भन्ने कुरा झनै महत्वको छ ।
आइत मङ्गलबार विशेष दिन पारेर नुहाई सकेर आएर घरको एउटा एकान्त तर चोखो गोप्य कोठा वा ठाउँमा आफू एक्लै नाङ्गै निर्वस्त्र हुने । मन्त्र जपी त्यो विभूति शीरदेखि नटुटाइकन पाउसम्म लाउने । बाँकी विभूति सुरक्षित र गोप्य स्थानमा आफूले मात्र देख्ने झिक्ने ठाउँमा राख्ने । अब बन्द गरेको ढोका लाज नमानी खोल्ने र श्रीमती÷आफ्नी पत्नीलाई बोलाउने ताकि रीत नपुगेर आफू छद्मभेषी भएको नभएको जाँच त्यताबाट होस् । पत्नीको नजिकै गएर नछोइकन उभिने । यति हुँदा पनि पत्नीले आएर नदेखेर खोज्न बोलाउन र कहाँ हो ? बोलाएको ? भन्न थालिन भने आफू उनीसमेत कसैलाई नछोईकन कहाँ जाने हो जान अलिपर पुगेर म गए है भनेर जाने तर यी विभूति पहिरिने घस्ने गोप्य कुरा उनलाई समेत नभनी गोप्यता राख्ने गोप्यमा रहने ।
‘ठेउवा’ चराको विशेषता केहो भने हरेक वर्षको तिहारको टीकाको दिनको एक समय यो हराउँछ पिंजरामै राखे पनि गायव हुनेहुनाले कुनै मान्छे केही दिन देखापरेन भने के हो ? तँ त टीकाको ठेउवा झैँ हराइस् त भन्ने चलन छ ।
गुराउ ज्ञानको मन्त्रतन्त्र र यो ठेउवा छद्म तन्त्रमन्त्र फरक भएकाले यो सबै आफैँले गर्ने तर गुराउको पानी छेप्न विश्वासिलो अर्को मान्छे चाहिने हुनाले गुराउ हुने मान्छे कतिखेर मर्छ मारिन्छ ज्ञान गुठी बुटी बिग्रन्छ थाहै हुँदैन । तर, ठेउवा मन्त्रतन्त्र आफैँले गर्ने हुनाले आफूले लापर्बाही नगरे सधैँ सुरक्षित हुन्छ तर २४ घण्टाभित्रमा फेरि नुहाइधुवाई गरेर पहिलेकै अवस्थामा आउनुपर्छ । यतिखेर लुगा कपडा आफैँले चेप्ने हुनाले अरूले लुगा हिँडेको नदेखून् भनेर मानिसको आउजाउ हटेपछि स्नान गर्न जानु सुरक्षित हुन्छ भनेर छद्मभेषी रातमा नुहाउन एकान्तको धारा पँधेरामा जान्छन् । टीकाको ठेउवा हराएको समयको तन्त्रविधिले अदृश्य भई आफ्नो काम फत्ते गर्न सकिन्छ । त्यसैले भनिन्छ टीकाको ठेउवा, तान्त्रिक विधि लेऊ बा ।
उपकथा-
कुरा २०१६/०१७ सालतिरको हो अर्थात् ६०/६५ वर्ष अगाडिको । मेरो माइलाबाको छोरा रने मभन्दा २/३ वर्षले जेठो दाजु भए पनि मेरो र उसको दिनमा मात्र होइन रातमा पनि हामी कहिले माथिल्लो घर कहिले तल्लो घर प्रायः सँगै हुन्थ्यौँ । गोठालो गए नि धारामा गए नि वनमा गए नि खोलामा गए नि रूखरूखमा चरा खोजी हिँडे नि । रने रुख चढ्न सिपालु थियो । त्यतिखेर कागले मकै खाएर हैरान पाथ्र्यो । त्यही भएर हामी भुराहरूलाई कागको गुँड भत्काउन ठूलाले उक्साउँथे । घडेरी गराको आँपको रूखको कागको गुँड भत्काउने क्रममा रनेको टोपी नै कागले लगिदियो र पल्लो डिलगराको ठूलो कुटमिराको रूखमा पुर्यायो ।
यता रनेलाई तीज-चारवटाले ठुग्न झ्याप झ्याप आएकोले सबैले हा हा हा गर्दै झर झर भनेपछि रने तल झर्यो । अलि अलि ठुँगेछ चिथोरी हालेछ । रने तल झरेर सन्कियो तिमेरू तल बसेर काग किन नधपाको भनेर । सबैले भने हाहा गरेकै हो अरू त के गर्ने त नि ? ल आओ ऊ त्यो कुटमिराको रुखमा पनि छ कोही बद्मास थरीको गरामा बस । कोही डिल गरामा र बाटोमा बसेर हा हा भन म गुँडमा जान्छु भनेर गयो ।
रनेमाथि चढ्दैथियो अरू हा हा गरेर काग धपाउँदैथे तल । माथि त चार पाँच वटा ठेउवाले रनेको टाउकोमा ठुँगेर रगताम्य पारिहाले । त्यहाँ त ठेउवाको गुँड पो रहेछ । जति हा हा भने पनि काग पो भाग्यो त ठेउवा पटक्कै भागेन । अनि सबैले झर झर छिटो झर ज्यान जोगाएर झर भने टाउकोबाट रगत धररै भइहाल्यो । तल झरेपछि बाहरूले सफा गरेर औषधि लाइदिएर भने कागभन्दा त ठेउवा ज्याद्रो हुनेरैछ है केटाकेटी हो ठेउवालाई नजिस्क्याओ भनेर उपदेश दिए । ठेउवा जादु गर्ने चरो हो । त्यसै भएर टीकाको दिन हराउँछ भन्दैथे पुछार घर जेठाबा । नचलाओ है भुरा हो नचलाओ ठेउवालाई कठै कान्छा ठुँगिहालेछ नि भन्दै जेठाबा दौराको फेर तान्दै घरतिर लागे । हामी पनि सबै घरघरतिर लाग्यौँ ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…