काठमाडाैं । सिनेमा ‘माग्ने राजा’ अहिले प्रदर्शनको तयारीमा छ। कथाभन्दा पनि करिब ६१ लाखको बजेट र प्रचार–प्रसारकै कारण बढी चर्चा कमाएको यो सिनेमामा ‘माग्ने महारानी’ वर्षा सिवाकोटीको उपस्थिति पनि उत्तिकै चासोको विषय बनेको छ।
मुख्य भूमिकामा रहेकी वर्षा प्रमोशनका विभिन्न कार्यक्रममा सहभागी त हुन्छिन्, तर न त उनीमाथि खासै प्रश्न उठाइन्छ, न त उनको भूमिकाबारे विशेष चर्चा हुन्छ। यद्यपि, उनी भने निरन्तर प्रचार अभियानमा सक्रिय देखिन्छिन्।

हालैका दिनमा वर्षाले एकपछि अर्को फिल्म साइन गरिरहेकी छिन्। केही समयअघि उनलाई ‘फिल्ममा रुन नजान्ने’ कलाकारको रूपमा सामाजिक सञ्जालमा चर्चा गरिएको थियो। तर ‘माग्ने राजा’ मा उनको अभिनयबारे भने निर्माण पक्ष वा कलाकारहरूले पनि खासै मुख खोलेका छैनन्। हुन त, वर्षा त्यही कलाकार हुन् जसले ‘पशुपति प्रसाद’ मा बोल्न नसक्ने पात्रमार्फत जबरजस्त चर्चा कमाएकी थिइन्। आजको हिटा ब्लोअप मा वर्षा सिवाकोटीको तस्बिरहरु प्रस्तुत गरेका छौं ।











राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र