हेटौंडा । हेटौंडा उपमहानगरपालिका - ५ सिचाईँ टोलमा रहेको हाम्रो घर बालगृहबाट सहयोगका लागि राखिएको सहयोग पेटिकामा ११ हजार सहयोग संकलन भएको छ।
हेटौंडा -४ सितलमहल चोकस्थित होटेल तुरहीमा राखिएको पेटिकामा उक्त सहयोग संकलन भएको हो। होटेल प्रोपाइटर धन गहतराजको होटलमा ३ वर्ष अगाडि राखेको सहयोग पेटिकामा उक्त सहयोग संकलन भएको हो ।
उक्त सहयोग पेटिका होटेल संचालकले शुक्रबार एक कार्यक्रमकाबीच बालगृहमा पुगेर पेटिकासमेत हस्तान्तरण गर्नुभएको थियो। ३ वर्षमा संकलन भएको सहयोग ११ हजार ३८० रुपैयाँ हस्तान्तरण गरेपश्चात सो पेटिका पुन सहयोगका लागि होटेलमा नै लगेर राखिने गहतराजले बताउनुभयो ।
पाँच वर्षदेखि होटेल व्यवसाय गरिरहेका गहतराजले बालगृहलाई प्रत्येक वर्ष सहयोगसमेत गर्दै आइरहनुभएको थियो । ८ जना बालबालिका राखेर २०६५ सालदेखि सुरु गरिएको बालगृहमा अहिले २४ जना बालबालिकाले आश्रय लिइरहेका छन् ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच