काठमाडौं । ताजकिस्तानमा सेप्टेम्बर ३ देखि ९ तारिखसम्म आयोजना हुने एएफसी यू-२३ एसियन कप छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ । प्रमुख प्रशिक्षक नवीन न्यौपानेले प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम २३ सदस्यीय टोली घोषणा गर्नुभएको हो । टोलीमा राष्ट्रिय सिनियर टोलीका चार खेलाडी आयुष घलान, कृतिशरत्न छुन्जु, निराजन धामी र सुमित श्रेष्ठ पनि हुनुहुन्छ ।
छनोट खेलमा नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा नेपालसहित आयोजक ताजकिस्तान, सिरिया र फिलिपिन्स रहेका छन् । टोलीको गोलरक्षकमा कृशाल मोक्तान, अमित टमाटा र विशाल केसी हुनुहुन्छ । रक्षकमा विवेक गुरुङ, विशाल नेपाली, लहान सुब्बा, निग्मा लामा, राम थापा, शंकर थारू र सेमन्त थापा रहनुभएको छ ।
मिडफिल्डरमा अभिषेक स्याङ्तान, आयुष घलान, आरोन थापा, निरज कार्की, दिपेश गुरुङ, कृतिशरत्न छुन्जु, पुजन थापा, सञ्जीव लामा, सन्तोष खत्री, सुजन मगर र सुमित श्रेष्ठ हुनुहुन्छ । स्ट्राइकरमा रोहन खड्गी र निराजन धामी हुनुहुन्छ ।







टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’
‘बाः एक योद्धा’को ‘नभन्नू कोइसित’
‘आमा’बाट आरम्भ भयो ‘ओल्ड इज
‘जलाकी’ को पहिलो गीत ‘चाँदी
तीनै प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त
राशिफल २३ साउन, मेष :