काठमाडौं । चलचित्र ‘कहाँ गयौ तिमी’ निर्माण हुने भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर शनिबार चलचित्रको टाइटलसहित निर्माण घोषणा गरिएको हो ।
सहारा फिल्मस्को प्रस्तुति रहने चलचित्रलाई फिरोज तिमलसेनाले निर्देशन गर्नुहुनेछ । लभस्टोरी जनरामा तयार हुने भनिए पनि निर्माणपक्षले विस्तृत जानकारी खुलाएको छैन । तर, टाइटल अनाउन्स्मेन्ट पोष्टरमा देखाइएको कालो बादल, एक्लो घर र रूखले प्रेम, विछोड र मायाका भावनात्मक पाटो वरिपरि कथा घुम्ने संकेत गरेको छ ।
चलचित्रको कथा जीवन आचार्यले लेख्नुहुनेछ भने प्रकाश नेपालीले संगीत भर्नुहुनेछ । कलाकार र निर्माता को-को रहने भन्नेबारे भने गोप्य राखिएको छ । निर्देशक तिमलसेनाका अनुसार छायांकन, प्रदर्शन र टिमबारे चाँडै जानकारी दिइनेछ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच