काठमाडौं । लिभरपुल होप विश्वविद्यालयले माल्भर्न इन्टरनेसनलसँगको सहकार्यमा नेपालमा आफ्नो उपस्थितिको घोषणा गरेको छ । उक्त कदमले बेलायतमा उच्च शिक्षा प्राप्त गर्न इच्छुक नेपाली विद्यार्थीका लागि विश्वस्तरीय शैक्षिक अवसर उपलब्ध गराउने विश्वविद्यालयको प्रतिबद्धता थप मजबुत बनाएको छ ।
कार्यक्रममा विश्वविद्यालयका वरिष्ठ प्रतिनिधिहरूको उपस्थिति रहेको थियो, जसमा युनिभर्सिटी रिकृटमेन्ट एण्ड पार्टनरसिप्सकी सिनियर निर्देशक एश्ले भेरेस, ग्लोबल रिकृटमेन्ट (पाथवेज) प्रमुख श्वेता पिम्पलिकर, सेल्स अपरेसन्स (पाथवेज) निर्देशक डेभिड थोम्पसन, नेपाल, बंगलादेश र भुटानका लागि सिनियर रिजनल म्यानेजर सुनिल रेग्मी र नेपालका लागि रिजनल म्यानेजर कृपा पाण्डे रहेका थिए ।
शैक्षिक उत्कृष्टता, सहयोगी शिक्षण वातावरण र सक्रिय विद्यार्थी समुदायका लागि प्रसिद्ध लिभरपुल होप विश्वविद्यालयले नेपाली विद्यार्थीलाई बेलायतमा आफ्नो शैक्षिक र व्यावसायिक लक्ष्य हासिल गर्ने मार्ग प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ । कार्यक्रममा पाठ्यक्रम, छात्रवृत्ति र लिभरपुलमा विद्यार्थीले पाउने सांस्कृतिक तथा शैक्षिक अनुभवबारेमा जानकारी प्रस्तुत गरिएको थियो ।







च्याम्पियन्स लिग : एमबाप्पे र
तेक्वान्दोको निर्णायक मण्डलमा छनोट हुनुभएका
एभरेष्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय
माफ बास्केटबलमा ४४ टोली
बालोन डी’ओर मनोनयन सार्वजनिक
डब्लुटिटी युथ कन्टेन्डरमा प्रतिस्पर्धा गर्न