ताप्लेजुङ । साउन २४ गतेदेखि सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको उपाधि सलहेश युवा क्लब सिरहाले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा सलहेशले चर्च ब्वाइज युवा क्लब ललितपुरलाई दुई–शून्य गोल अन्तरले पराजित गर्दै विजेता बनेको हो ।
खेलको ७९औँ मिनेटमा सुरेन खड्काले पहिलो गोल गर्नुभएको थियो भने ८९औँं मिनेटमा युसुक मलिकले दोस्रो गोल थप्न सफल हुनुभएको थियो । ललितपुरले गोल फर्काउने प्रयास गरे पनि सफल नभएपछि उपविजेतामा चित्त बुझाएको छ ।
यसअघि सेमिफाइनलमा सलहेशले झापाको रेडस्टार फुटबल क्लबलाई दुई–शून्य गोल अन्तरले हराएको थियो । चर्च ब्वाइजले सुनसरीको दयङ ब्रदर्सलाई ट्राइबेकरमा तीन–एक गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
गत वर्ष उपविजेता बनेको सलहेश युवा क्लबले यसपटक कमजोरी सच्याएर उपाधि आफ्नो पोल्टामा पारेको हो । क्लबमा चार विदेशी खेलाडीसमेत समावेश छन् । चर्च ब्वाइजले भने विदेशी खेलाडीबिना प्रतिस्पर्धा गरेरै फाइनलसम्मको यात्रा तय गर्न सफल भएको हो ।
सलहेशले प्रतियोगिताभर क्वाटर फाइनल र सेमिफाइनलमा कुनै गोल नखाएर फाइनलमा पुगेको थियो । सोही क्रमलाई निरन्तरता दिँदै उसले उपाधि हात पारेको हो । चर्च ब्वाइजले कठिन जितमार्फत् फाइनलसम्म पुगे पनि उपाधि जित्न असफल रहृयो । आयोजक लाखेजात्रा सञ्चालक समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार विजेताले सात लाख दुई हजार ८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता बनेको चर्च ब्वाइजले तीन लाख ५० हजार ८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर