काठमाडौं । नेपालस्थित अस्ट्रेलियन शिक्षा प्रतिनिधि संस्था(एरी नेपाल) को सातौँ वार्षिक साधारणसभा अस्ट्रेलियन शिक्षा प्रभाव फोरम २०२५ सँगै सम्पन्न भएको छ । ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा नेपाल र अस्ट्रेलियाका शिक्षाविद्, विश्वविद्यालय प्रतिनिधि, कूटनीतिज्ञ तथा विद्यार्थीबीच गहन छलफल भएको थियो । एरी नेपालका अध्यक्ष द्विराज शर्माले नेपाल-अस्ट्रेलिया शिक्षा सम्बन्ध अझ प्रगाढ बनाउन यस्ता फोरमहरू अत्यन्तै महत्वपूर्ण हुने बताउनुभयो ।
पहिलो प्यानल छलफल नेपालमा विद्यार्थी भर्ना प्रणालीलाई दीर्घकालीन बनाउन सहकार्य, नियम अनुरूपता र बजार विविधीकरणका रणनीतिमा केन्द्रित रहेको थियो । उक्त सत्रको संयोजन एएइआरआई नेपाल अध्यक्ष महेशबाबु तिमल्सिनाले गर्नुभएको थियो ।
छलफलमा सृष्टि भट्टराई (नाभिटास समूह), अनुप श्रेष्ठ (एडिलेड विश्वविद्यालय), सुभी प्रधान (साउदर्न क्रस विश्वविद्यालय) र अल्कायत होसैन (म्याक्वारी विश्वविद्यालय) सहभागी थिए । विशेष सत्रमा अस्ट्रेलियाबाट आउनुभएका अतिथि ओट्टो डार्गन (गृह ऋण विशेषज्ञ तथा आलया नेपालका संस्थापक) ले नेपालको जादु र विश्व अनुभव विषयमा प्रस्तुति दिनुभएको थियो भने विक सिंह (अस्ट्रेलियाली व्यापार आयोग) र जर्ज थिभेओस (अस्ट्रेलिया शिक्षा विभाग) ले भर्चुअल सन्देश दिनुभएको थियो ।
दोस्रो प्यानल छलफल अस्ट्रेलियामा अध्ययन गरेर फर्किएका नेपाली स्नातकहरूको भूमिकाः नेपालको अर्थतन्त्र र भविष्य निर्माण विषयमा केन्द्रित थियो । उक्त सत्रको संयोजन डा. पारस खरेलले गर्नुभएको थियो भने प्यानलमा अभिषेक श्रेष्ठ (बारसिङ्गे, आइसिएमएस स्नातक), डा. समीर दीक्षित (युनिभर्सिटी अफ वोलोङ्गङ्ग/पश्चिम सिड्नी विश्वविद्यालय स्नातक), आरुश्री शर्मा (सिड्नी विश्वविद्यालय) र अश्लेशा कार्की (मेची क्राउन होटल, मेलबर्न विश्वविद्यालय स्नातक) सहभागी भएका थिए ।
कार्यक्रममा प्रमुख वक्ता सांसद डा. स्वर्णिम वाग्लेले अस्ट्रेलियामा शिक्षा हासिल गरेका युवाहरूले नेपालको अर्थतन्त्र र नीति निर्माणमा पु¥याउन सक्ने योगदानबारे चर्चा गर्नुभएको थियो भने प्रमुख अतिथि अस्ट्रेलियाकी नेपालस्थित राजदूत लेआन जोन्सटनले द्विपक्षीय शिक्षा सम्बन्ध अझ मजबुत बनाउन कूटनीतिक र शैक्षिक सहकार्य अपरिहार्य रहेको बताउनुभयो । एरी नेपालका उपाध्यक्ष बुद्धिसागर अर्यालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच