काठमाडाैं । कीर्तिपुरस्थित त्रि वि क्रिकेट मैदानको प्याराफिट निर्माण तथा सिट राख्ने काम अन्तिम चरणमा पुगेको छ । प्यारापिट निर्माणका लागि बिकेओआई–केसीडिसी–बिजी जेभीले २०८१ फाल्गुन १९ गते सम्झौता गरेर २० गतेबाट काम निर्माणको थालनी गरेका थिए ।
४३ करोड ७७ लाखमा ठेक्का लिएको सो निर्माण कम्पनीका प्रतिनिधि प्रेम पौडेलका अनुसार निर्माण कार्य ९५ देखि करिब करिब १०० प्रतिशत नै सकिएको र अब सरसफाई, रेलिङ फिटिंग जस्ता काम मात्र बाँकी रहेको जानकारी दिए ।
१० हजार दर्शक क्षमताको सो मैदान पूर्वी र पश्चिम खण्ड गरी दुई खण्डमा रहेको र पूर्वी खण्डमा २२९० कुर्सी राखिएको र पश्चिम खण्डमा ७ हजार ७ सय १० कुर्सी राखिएको पौडेलले जनाए ।
फ्लडलाइड जडान का लागि २७ करोड ४० लाख रुपैयाँमा विशाण–ईश्वरी जोइन्ट भेन्चर ठेक्का लिएको अहिले छ वटा लाइटका लागि सबै पोलहरु ल्याई सकेको र केही दिन जडानको काम सुरु गरिने जनाएको छ ।
तस्बिर : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच