लोकप्रिय यस दैनिक पत्रिकामा पुरुषोत्तम घिमिरेको ‘गणतन्त्रमा जनताले के पाए ?’ शीर्षकमा प्रकाशित लेख पढ्दा मलाई केही भन्न मन लाग्यो र पाठकपत्रमार्फत आफ्ना भनाइ राख्दै छु । नेपालमा २०४ वर्षसम्म राणा र शाहवंशको शासनमा गरिब र धनीबीचको खाडल निकै गहिरो भयो । राणा र राजतन्त्रले सिर्जना गरेका बेथिति, विसंगति र गरिबीको बोझ सजिलै सफा गर्न सकिँदैनथ्यो ।
२०४६ सालमा नेपाल अझै विश्वका सबैभन्दा गरिब राष्ट्रहरूमध्ये एक थियो । त्यतिबेला उद्योग-व्यवसाय खोल्न राष्ट्रिय पञ्चायतको सिफारिश आवश्यक थियो । सञ्चारमाध्यम, निजी प्रकाशन र जनताको पहुँच सीमित थियो। जनताले आफ्नो आवाज र अधिकार बुझ्नसमेत कठिनाई भोग्नुपथ्र्यो ।
पुरुषोत्तम घिमिरेले माओवादी दश वर्षे सशस्त्र युद्धको कारण संरचना ध्वस्त भएको र १७ हजार व्यक्तिको ज्यान गएको लेख्नुभएको छ । यो तथ्य सत्य भए पनि, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी र संघीय व्यवस्था स्थापित हुन जनताका बलिदान बिना सम्भव थिएन । जनताको हक-अधिकार र स्वतन्त्रताका लागि गरेका संघर्ष र बलिदानलाई नजरअन्दाज गर्न सकिँदैन । गणतन्त्र उत्कृष्ट व्यवस्था हो, तर केही पार्टी नेतृत्वको असक्षम व्यवस्थापनले जनतालाई आवश्यक सेवासुविधा नपुग्नु आफैंमा विडम्बना हो ।
आजको अवस्थामा जनताले २०८४ को निर्वाचनमा सोचविचारपूर्वक निर्णय गर्नुपर्छ । असक्षम नेताहरूलाई पैसा, मासु-भात वा रक्सीमा भोट दिने होइन, इमानदार, सक्षम र दूरदर्शी नेतालाई चयन गरेर देशको भविष्य निर्माण गर्नुपर्छ । यही निर्णयले मात्र गणतन्त्रको वास्तविक उपलब्धि जनताले अनुभूति गर्न सक्छ ।
हाम्रो साझा जिम्मेवारी हो-निर्वाचनमा सजगता अपनाउने, पार्टीको नाममात्र नभई नेताको योग्यता र चरित्र मूल्यांकन गर्ने । यसरीमात्रै देशमा सुशासन, न्यायपूर्ण विकास र जनताको सच्चा भागीदारी सुनिश्चित गर्न सकिन्छ ।
बारा, कोहलवी, हाल काठमाडौं






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…