एउटा नदीमा सर्प, भ्यागुता र गँगटा आपसमा मितेरी गरेर बस्थे । सर्पलाई आपद परेको बेला गँगटाले बचाएकाले मितेरी हुन पुगेको थियो । त्यसैगरी गँगटालाई आपत् परेको बेला भ्यागुताले बचाएकाले मितेरी भएको थियो । यसरी यी तीन प्राणी मित र महामित बन्न पुगेकाले एक अर्कालाई ‘सात गोत्र एक मित्र’ भन्ने उखान यिनीहरूमा सार्थक चरितार्थ भइरहेको थियो ।
बेलाबेला यिनीहरूको बीचमा संवाद छलफल हुनेगथ्र्यो तर पनि ‘जात जनाउँछ गुण छिप्दैन’ भनेझैँ सर्प अभिमानी पनि थियो । किनकि उसको भित्रीमनमा एक फेरको दुःखले पो मित्रता भयो त हुन त यी महामित भ्यागुता भएर पो नत्र आहारा नै त हुन्, मित गँगटो पनि के हुन् र मभन्दा यसरी मपाई थियो सर्पमा र मनमनै सोच्थ्यो यीभन्दा म ठूलो छु लामो छु यीभन्दा बढी धेरै बुद्धिको पनि छु । यसरी आफैँमा अभिमानी थियो सर्प ।
आखिर सय बुद्धिको फुर्ति गर्ने सर्प बाढीमा परेर मर्यो । मितहरूले सहानुभूति बाहेक फुर्तिमान मित सर्पलाई केही दिन सकेनन् । त्यसैले धेरै तानावाना बुन्नेलाई कुनै पनि दिन बाढी आइलाग्न सक्छ । जुनबेला कवाडी बन्न पुग्छन् अनि पछुताउनुको के अर्थ ? ‘लाटो लड्छ एक बल्ड्याङ, बाठो लड्छ दस बल्ड्याङ ।’
एक दिन आपसमा छलफल हुँदा कस्को बुद्धि कति भन्ने कुरा आयो । भ्यागुताले भन्यो मेरो त मितज्यू दुई बुद्धिमात्र छ पानीमा आपत् परे फुत्रुक्क उफ्य्रो पाखाको ककेरामा, पाखामा विपद् पर्यो फुत्रुक्क उफ्य्रो पानीमा पस्यो विपत् ट¥यो पानीबाहिर आयो । गँगटाले भन्यो मित हजुर ! मेरो त सिर्फ एक बुद्धिमात्रै छ त्यो के हो भने खुर्रर जाना, खुर्रर आना मेरो संसारै नदी किनार हजुर । आउने नि किनार जाने नि किनारबाटै ।
ओहो ! मितज्यूहरू यो त साह्रै अल्प बुद्धि भयो, यस्तो थोरै र साना बुद्धिले हुन्न हेर्नुस् । ल सुन्नुस् मेरो त सय बुद्धि छ जेजसो गरे नि हुन्छ नदीमा बाढी नै आए नि हजुरको म त फिलिली वारि गए नि पारि गए नि लुके नि सुते नि उठे नि कुदे नि गुडुल्के नि बेरिए नि कति कति बुद्धि त सयका सय । अहो ! मितज्यू हजुर त होला होला शत्रु लाग्नै सक्दैनन् किनभने शत्रुसँग पनि त हजुरको मित्रता हुनसक्छ, त्यति धेरै चङ्ख बुद्धि हजुरको भएकाले ।
कुरा गर्दा गर्दै गड्याङ र गुडुङ गर्न थाल्यो । मेघ गर्जियो बिजुली चम्कियो सबैतिर मल्याकमुलुक गरेर गर्जने बित्तिकै एक बुद्धिवाला मित गँगटाले भन्यो लौ मित्जुहरू मेरो त केवल एक बुद्धि हो त्यसैले असिनापानी र बाढी आउला जस्तो छ म त खुर्रर गइहाल्ने हो हिँडिहालेँ भनेर खुरुखुरु पाखातिर बाटो लागिहाल्यो ।
सर्प र भ्यागुता हेरिरहेका थिए । झन साह्रै पानी दर्कन र असिना पर्नथाल्यो भ्यागुताले भन्यो लौ मितज्यू मेरो त दुई बुद्धि जाने र आउने हो अब नदीमा बाढी आयो पाखातिर फुत्रुक फुत्रुक भन्दै गई पनि हाल्यो । सर्प नदीमै थियो । यही मौकामा केही माछा निल्ने सुरले नदीको बीचतिर गयो । नदीको शिर वर्षिएर भयङ्करको बाढी उर्लेर रूख, काठ, झारपात बगाउँदै ल्यायो । यति बेला नदीमा सर्पको सय बुद्धिमा एक बुद्धि पनि काममा आएन । मरेतुल्य भएर मडारिँदै बगेको सर्पलाई पाखाको ढुङ्गामा बसेर हेरिरहेको गँगटाले परैबाट चर्को स्वरमा भन्यो, मितज्यू ‘सय बुद्धिको ताना वाना परे उत्ताना, आफू त एक बुद्धिको तानावाना खुर्र जाना खुर्र आना ।’
माहात्म्य :
आखिर सय बुद्धिको फुर्ति गर्ने सर्प बाढीमा परेर मर्यो । मितहरूले सहानुभूतिबाहेक फुर्तिमान मित सर्पलाई केही दिन सकेनन् । त्यसैले धेरै तानावाना बुन्नेलाई कुनै पनि दिन बाढी आइलाग्न सक्छ । जुनबेला कवाडी बन्न पुग्छन् अनि पछुताउनुको के अर्थ ? ‘‘लाटो लड्छ एक बल्ड्याङ, बाठो लड्छ दस बल्ड्याङ ।’
(राजा महेन्द्र/दल र तिनका नेता ३३ सीमा प्रमाण/दृढ इच्छाशक्ति/कूटनीतिक कुशलता सन्दर्भ)
(६५ वर्षअगाडि सुनेको)







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम