काठमाडौं । राजधानीको पूर्वोत्तर भागमा पर्ने गोकर्णेश्वर मन्दिरमा शनिबार बिहानैदेखि भीड लागेको छ । कुसे औंसी एवं बुबाको मुख हेर्ने दिन गोकर्णेश्वरमा प्रत्येक वर्ष भीड हुने गर्दछ ।
बुबाको निधन भएकाहरु आजका दिन गोकर्णेश्वर पुगेर पितृलाई तर्पण दिने प्रचलन छ । आज गोकर्णेश्वर पुगेर दिएको तर्पण पितृले प्राप्त गर्छन् र तृप्त हुन्छन् भन्ने हिन्दुहरुको मान्यता छ ।
भाद्र औंसीका दिन मनाइने कुशे औंसीको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ । आजको दिन आफ्नो जन्म दिने बुवालाई विशेष सम्मान गर्ने र बुवा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा छ ।



















बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच