मकवानपुर । शुक्रबार दिउँसोदेखिको लगातार वर्षापछि गएको पहिरोका कारण अवरुद्ध भएको त्रिभुवन राजपथ अन्तर्गत भीमफेदी गाउँपालिका–१ बागझुरा स्थित सडकखण्ड पुनः सञ्चालनमा आएको छ। शुक्रबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण गिटी, बालुवा र भलसहितको पहिरो खस्दा सो सडक पूर्णरूपमा बन्द भएको थियो।
उक्त अवरोधका कारण काठमाडौं–हेटौंडा मार्गमा सयौं सवारीसाधन र हजारौं यात्रु बीच बाटोमै अलपत्र परेका थिए। विशेष गरी एम्बुलेन्समा रहेका बिरामी र शववाहन समेत पहिरोमा अड्किएको अवस्थामा थिए। यात्रुहरूले भोक, प्यास र निद्रा त्यागेर रात सडकमै बिताउन बाध्य भएका थिए।
नेपाल प्रहरी, नेपाली सेना र सडक डिभिजनको संयुक्त प्रयासमा शनिबार बिहानदेखि सुरु भएको पहिरो हटाउने कार्य कठिन परिस्थितिमा अगाडि बढाइएको थियो। तीनवटा व्ऋद्य मेसिन प्रयोग गरेर झण्डै पाँच घण्टाको प्रयासपछि शनिबार दिउँसो १२ बजेबाट एकतर्फी सडक सञ्चालनमा ल्याउन सफल भएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिनुभयो।
प्रजिअ श्रेष्ठका अनुसार पहिरो निकै ठूलो भएकाले पूर्णरूपमा सडक खुलाउन समय लाग्ने छ। उहाँले यात्रुहरूलाई अत्यन्त सावधानीपूर्वक यात्रा गर्न अनुरोध समेत गर्नुभएको छ, किनभने पहिरोको जोखिम अझै कायम रहेको छ।
सडक सुचारु भए पनि लगातारको वर्षाका कारण पहिरो खस्ने क्रम नरोकिएकाले यात्रुहरू जोखिम मोलेर यात्रा गरिरहेका छन्। कुनै पनि बेला फेरि सडक बन्द हुने सम्भावना रहेको प्रशासनले जनाएको छ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि