गुल्मी। निर्माण व्यवसायी सङ्घ जिल्ला कार्यसमिति गुल्मीको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । शनिबार जिल्लाको सदरमुकाम तम्घासमा सम्पन्न भएको संघको नवौं अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत निर्वाचित भएको हो ।
आगामी पाँच वर्षका लागि निर्माण व्यवसायी हरिकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । वरिष्ठ उपाध्यक्षमा गगन केसी, उपाध्यक्षमा दधिराम पाण्डे, महासचिवमा भागवत गिरी, उप–महासचिवमा भोजप्रसाद श्रेष्ठ, सचिवमा कृष्णप्रसाद भण्डारी, कोषाध्यक्षमा दुर्गाचन्द्र बोहोरा र सह–कोषाध्यक्षमा नवराज श्रेष्ठ निर्वाचित हुनुभएको हो ।
त्यसैगरी सदस्यमा जमुना न्यौपाने, चुराबहादुर खत्री क्षेत्री, पदम विष्ट, ओमबहादुर केसी, वीरेन्द्र भुसाल, चेहरसिंह टण्डन, राजु कार्की, विजय पन्थी र मधु महर्जन निर्वाचित हुनुभयो । सर्वसम्मत रुपमा नयाँ नेतृत्व निर्वाचित भएकाले संघभित्रको एकता र सहकार्यलाई महत्वपूर्ण उपलब्धि मानिएको निर्माण व्यवसायीहरुले बताएका छन् ।
नवनिर्वाचित अध्यक्ष हरिकुमार श्रेष्ठले संघलाई पारदर्शिता, उत्तरदायित्व र सामूहिकतामा आधारित बनाएर अघि बढाउने बताउनुभयो । उहाँले सरकारी निकायहरूसँग सहकार्य गर्दै स्थानीय, प्रदेश र संघीय तहमा निर्माण व्यवसायीको आवाज बुलन्द गर्ने बताउनुभयो । निर्माण व्यवसायीहरुको हक–अधिकारको संरक्षण, समस्याको समाधान र व्यवसायको मर्यादा प्रवर्द्धनका लागि निरन्तर लाग्ने श्रेष्ठको भनाइ छ ।








बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच