काठमाडौं । हास्य सिरियल ‘सक्कीगोनी’ मा मुन्नीको भूमिकामार्फत परिचित अभिनेत्री प्रियाना आचार्य यतिवेला बोल्ड अवतारमा आउनुभएको छ । उहाँ र्यापर लिल क्लाउड को नयाँ र्याप गीत ‘बेबी गर्ल’ को म्युजिक भिडियोलाई लिएर मिडियामा आएको खबरले चर्चा पाएको हो ।
भिडियोमा आचार्यसँग निमेशजंग थापाले मोडलिङ सहयोग गर्नुभएको छ । निमेशकै कोरियोग्राफीमा तयार भएको भिडियोलाई प्रियानाले बिकिनीमा प्रस्तुत गर्नुभएको छ । यो उहाँको बिकिनीमा पहिलो सार्वजनिक प्रस्तुति हो ।
भिडियोमा प्रियाना र निमेशका अलावा अलिशा पराजुली, रामेश्वर खड्का, श्याम श्रेष्ठलगायत कलाकारको अभिनय छ । भिडियोलाई एस.खेतान र पुनम अग्रवालले निर्माण गर्नुभएको हो भने निर्देशन पी.माधवले गर्नुभएको हो । रोमन मार्सले छायांक गरेको भिडियो फ्रिक ष्ट्रिट डायरिजको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर