काठमाडौं । बलिउडकी चर्चित गायिका पलक मुचाल पहिलोपटक नेपालमा प्रत्यक्ष प्रस्तुति दिने कार्यक्रम तय भएको छ । आउँदो सेप्टेम्बर १९, २०२५ मा काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘पलक मुचाल लाइभ इन नेपाल’ कन्सर्टमा पलकले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नुहुनेछ । कार्यक्रमको प्रस्तुति वल्र्डवाइ फिल्म्स नेटवर्क प्रा.लि.ले गर्नेछ भने व्यवस्थापन मनु मिडिया प्रा.लि.ले गर्नेछ ।
यस कार्यक्रममा कोरियाली गायिका सेलिनेडी माताहारीले पनि प्रस्तुति दिनुहुने आयोजकले जनाएको छ । उहाँ कोरियालीसहित १५ भन्दा बढी भाषामा गीत गाउनसक्ने क्षमता भएकी कलाकार हुनुहुुन्छ र अन्तर्राष्ट्रिय रूपमा चर्चित हुनहुुन्छ ।
आयोजक संस्था अध्यक्ष देव मगर र इभेन्ट म्यानेजर मनिष कार्कीले नोरा फतेहीको कन्सर्टबाट प्राप्त अनुभवलाई यसपटक अझ प्रभावकारी तरिकाले प्रयोग गरिने बताउनुभयो । साथै, नेपाली कलाकारहरूको पनि उत्कृष्ट प्रस्तुति रहनेछ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…