काठमाडौं । नेपाल पर्यटन बोर्ड र नेपाल आर्ट काउन्सिलले काठमाडौं उपत्यकाका चारवटै महानगरपालिकासँगको सहकार्यमा पहिलोपटक नेपाल आर्ट एण्ड कल्चर फेस्टिभल २०२५ आयोजना गर्ने भएको छ । भदौ २० देखि असोज १० गतेसम्म काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुरमा उक्त फेस्टिभल आयोजना हुने काउन्सिलले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
काउन्सिलका अध्यक्ष सागर शमशेर राणाले नेपालमात्र नभई विदेशमा समेत यस्ता सांस्कृतिक पर्वहरूले ठूलो महत्व राख्ने भएकाले अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन फेस्टिभल आयोजना गर्न लागिएको बताउनुभएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल प्रायः साहसिक पर्यटन गन्तव्यका रूपमा चिनिए पनि फेस्टिभलमार्फत् नेपाललाई सांस्कृतिक वैभव र धरोहरहरूको भण्डारका रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको बताउनुभएको छ ।
फेस्टिभल सञ्चालन समितिका प्रमुख तथा नेपाल होटल व्यवसायी संघ (हान)का अध्यक्ष विनायक शाहले नेपाल ‘लाइफ टाइम एक्सपेरियन्स’ का लागि उत्कृष्ट गन्तव्य भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘पर्यटन र जात्रा-महोत्सव जोड्ने हाम्रो प्रयासअन्तर्गत थालिएको यस महोत्सवले एक्सपेरिमेन्टल टुरिजमका लागि योगदान गर्ने हाम्रो विश्वास छ ।’ फेस्टिभलमा विभिन्न ४० वटा कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ ।







अग्रगामी मोर्चा सत्ता प्राप्तिका लागि
ग्यासको कालोबजारी आरोपमा दुवाकोटका व्यापारी
२६ वर्षपछि हेटौँडा कपडा उद्योगमा
४० हजारभन्दा बढी प्रयोगकर्ता जोडिए
मधेश केन्द्रित दलसहित ८ राजनीतिक
मुलुकको संकट समाधान र अग्रगमनका