काठमाडौं । भारतको गुवाहटीमा आसाम स्टेट टिम र नेपाल ‘ए’ टिमबीच हुने पाँच खेलको टी-२० सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले उक्त सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको खेल तालिकाअनुसार पहिलो खेल अगस्ट २८ तारिखमा हुनेछ । दोस्रो खेल अगस्ट २९, तेस्रो खेल अगस्ट ३०, चौथो खेल अगस्ट ३१ र अन्तिम तथा पाचौं खेल सेप्टेम्बर १ तारिखमा हुनेछ । क्यानले उक्त सिरिजका लागि अनिल शाहको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिसकेको छ ।
नेपाली टोलीमा अनिल साह (कप्तान), ईशान पाण्डे, पवन सर्राफ, मोहम्मद आदिल आलम अन्सारी, अर्जुन घर्ती, देव खनाल, बसिर अहमद, शेर मल्ल, तृतराज दास, सन्दीप जोरा, आकाश चन्द, युवराज खत्री, शुभ कंसाकार, विवेककुमार यादव, कमलसिंह ऐरी र सागर ढकाल हुनुहुन्छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच