काठमाडौं । सरकारले उखु किसानहरूलाई प्रोत्साहन तथा अनुदान रकम निकासा गरेको छ।
अर्थ मन्त्रालयले यसका लागि ७५ करोड ४९ लाख ३८ हजार २४० रुपैयाँ निकासा गरेको जनाएको छ। निकासा भएको रकम जिल्ला स्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी गरिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्पष्ट पारेको छ।
यसअघि मन्त्रिपरिषद्को बैठकले प्रति क्विन्टल ३५ रुपैयाँ अनुदान दिने निर्णय गरेको भए पनि प्राविधिक कारण देखाउँदै अर्थ मन्त्रालयले निकासा ढिला गरेको थियो। निकासा ढिला हुँदा उखु किसानहरूले काठमाडौंमा केन्द्रित आन्दोलन गर्दै आएका थिए।
अघिल्ला वर्षहरूमा उखु किसानले प्रति क्विन्टल ७० रुपैयाँ प्रोत्साहन स्वरूप पाउने गरेका थिए। कृषि मन्त्रालयले पनि पहिले ७० रुपैयाँको प्रस्ताव राखेको भए पनि, आर्थिक अवस्था र आवश्यकताका आधारमा सरकारले यसपटक ३५ रुपैयाँ मात्र उपलब्ध गराउने निर्णय गरेको हो।
यसैबीच काठमाडौंमा जम्मा भएका किसान र कृषि मन्त्रालयका प्रतिनिधिबीच सिंहदरबारस्थित मन्त्रालयमा वार्ता भएको छ।
मन्त्रालयको तर्फबाट वार्तामा कृषि विभागका उपमहानिर्देशक ललन कुमार सिंह, उपसचिव लालकुमार श्रेष्ठ, मणिरत्न अर्याल र उद्योग मन्त्रालयका प्रतिनिधि सहभागी हुनुहुन्थ्याे ।
किसानको तर्फबाट श्यामबाबु राय लगायतका प्रतिनिधिहरू सहभागी हुनुभएकाे थियाे ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आजै उपमहानिर्देशक सिंहको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन गर्नुभएकाे थियाे ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच