काठमाडौं । नेपाल बालसाहित्य समाजको मूल आयोजनामा सिविन नेपाल र पहिलो पाइला अमेरिका सहकार्यका साथै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, क्रिएटिभ सेन्टर काठमाडौं, बालबाटिका स्कुल पेप्सिकोला र इन्टरनेसनल स्कुल धुम्बाराहीको सहआयोजनामा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा जयपृथ्वीबहादुर सिंहको १४९औं जन्मजयन्ती, प्रतिभा सम्मान तथा पुस्तक लोकार्पण समारोह भव्यतापूर्वक सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता नेपाल बालसाहित्य समाजका अध्यक्ष विजयराज आचार्यले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा प्राज्ञ, वैज्ञानिक तथा वरिष्ठ बालसाहित्यकार डा.तीर्थबहादुर श्रेष्ठ रहनुभएको थियो ।
यस अवसरमा विभिन्न सम्मान र पुरस्कारद्वारा बालसाहित्य र नेपाली साहित्यका विशिष्ट व्यक्तित्वहरूलाई सम्मानित गरिएको थियो । नेबासास जयपृथ्वी बालकला पुरस्कार २०८१ कल्पना बिष्ट, नेबासास जयपृथ्वी बाललेखन पुरस्कार २०८१ अनुभूति बुढा मगर, नेबासास जयपृथ्वी सम्मान २०८१ डा.शैलेन्दुप्रकाश नेपाल, नेबासास कविशिरोमणि लेखनाथ पौड्याल सम्मान २०८२ रामबहादुर पहाडी, नेबासास महाकवि लक्ष्मीप्रसाद देवकोटा सम्मान २०८२ प्राडा.महादेव अवस्थी, नेबासास युगकवि सिद्धिचरण श्रेष्ठ सम्मान २०८२ श्री इन्दिरा दली, नेबासास राष्ट्रकवि माधव घिमिरे सम्मान २०८२ कालीबहादुर शाही, नेबासास कुलमानसिंह भण्डारी सम्मान २०८२ केके कर्माचार्य, नेबासास रमेश विकल सम्मान २०८२ बुँद राना र नेबासास युद्धप्रसाद मिश्र सम्मान २०८२ प्राडा.मुकेशकुमार चालिसेलाई प्रदान गरिएको थियो ।
यसैगरी नेबासास बालसाहित्यरत्न शान्तदास मानन्दर सम्मान २०८२ गौरी प्रधान, नेबासास देवकुमारी थापा सम्मान २०८२ सुशीला प्रधानांगलाई प्रदान गरिएको थियो । यसका साथै, ‘बन्द ढोका’ बालकथा सङ्ग्रहका लेखक अवानी खड्का पनि सम्मानित हुनुभएको थियो । सोही समारोहमा ८७ जना बालवयका कथाकारलाई कथा प्रकाशन भएकोमा बधाई पत्र वितरण गरिएको थियो । कार्यक्रममा सम्मानित प्रतिभाहरूको व्यक्तित्वबारे डा.छायाँदत्त न्यौपानेले बोल्नुभएको थियो । यसै क्रममा नेपाल बालसाहित्य समाजबाट प्रकाशित ‘नेबासास प्रतिनिधि नेपाली बालकवितासंग्रह’, ‘नेबासास बालस्रष्टाका कथाहरू’ लगायत इन्टरनेसनल स्कुल धुम्बाराहीबाट प्रकाशित कथाकल्प भाग १ र कथाकल्प भाग २, इन्टरनेसनल स्कुल पेप्सीखोलाबाट प्रकाशित मेहनती परिवार र बन्द ढोका तथा क्रिएटिभ सेन्टर काठमाडौंबाट प्रकाशित क्रिएटिभ कथा जस्ता सात कृतिहरूको सामूहिक लोकार्पण गरिएको थियो । लोकार्पित पुस्तकहरूको समीक्षा साहित्यकार प्रमोद प्रधानले गर्नुभएको थियो ।
समारोहमा बालसाहित्यकार, प्राध्यापक, विद्यार्थी, विद्यालयका प्रमुख, साहित्यिक संस्था तथा विभिन्न संगसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा सम्मानित व्यक्तित्वको तर्फबाट गौरी प्रधानले मन्तव्य व्यक्त गर्नुभएको थियो । बालप्रतिभाहरूले कलात्मक प्रस्तुति गरेका थिए भने सम्मानित रामबहादुर पहाडीले गजल र नेबासासका उपाध्यक्ष विजयराज न्यौपानेले कविता प्रस्तुत गर्नुभएको थियो । अतिथिहरू रोशन सिंह, अनिरुद्र अर्याल र कौशल भट्टराईले आआफ्ना विचारहरू प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमलाई प्रमुख अतिथि डा.तीर्थबहादुर श्रेष्ठ, सभापति विजयराज आचार्यले पनि सम्त्रोधन गनुएभएको थियो भने कार्यक्रमको सञ्चालन नेबासासका महासचिव डा.विष्णु केसीले गर्नुभएको थियो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…