लेक्जिन्टन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्टकी च्याप्टरको मुख्य आयोजना तथा नेपाल गजल प्रतिष्ठान अमेरिका शाखाको सहकार्यमा कवि मोतीराम भट्टको १६०औं जन्मजयन्ती अमेरिकाको केन्टकी राज्यको लेक्जिन्टन शहरमा भव्यतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली साहित्यका गजल विधाका प्रवर्तक भट्टको स्मरणमा आधा दर्जनभन्दा बढी सर्जकका गजल तथा गीत गुञ्जिएका थिए । संगीतकार मुरारी गुरागाईं, उपेन्द्र शाही र अरविन्द्र निरौलाले प्रस्तुत गरेका सांगीतिक कार्यक्रमले वातावरणलाई झनै काव्यमय बनाएको थियो ।
मित्र सुवेदी, बद्री दाहाल, रेखा जोशी, खेम रेग्मी, जीवन निरौला, अर्जुन थापा, किशोर सुवेदी, सन्त कुँवर, एकनारायण सुवेदी, ज्ञानेन्द्रप्रसाद दाहाललगायतका सर्जकहरूले गजल तथा कविता वाचन गर्नुभएको थियो ।
डमरु पौडेलले प्रस्तुतिहरूको समीक्षात्मक टिप्पणी रोचक ढंगले प्रस्तुत गर्नुभएको थियो भने कवि लालगोपाल सुवेदीले नेपाली भाषा र साहित्यलाई दोस्रो पुस्तामा हस्तान्तरण गर्दै यसको अन्तर्राष्ट्रियकरणमार्फत नोबेल पुरस्कारको दाबी गर्नुपर्नेमा जोड दिनुभयो । समारोहमा सुवेदीका डेढ दर्जन कृतिहरू बिक्री गरी संकलित २०० डलर रकम अनेसास केन्टकी च्याप्टरलाई हस्तान्तरण गरिएको आयोजकले जनाएका छन् ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र