काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा रिहा भएका छन्।
सामाजिक सञ्जालमार्फत चरित्रहत्या र गाली–बेइज्जती गरेको आरोपमा बुधबार पक्राउ परेका उनी सोही दिन छुटेका हुन्।
रश्मिला धामीले दिएको जाहेरीका आधारमा महरविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। धामी लामो समयदेखि महरविरुद्ध आन्दोलित हुँदै आएकी थिइन् र उनले साइबर क्राइममा उजुरी दर्ता गराएकी थिइन्।
साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार महरलाई हाजिरी जमानीमा छाडिएको हो।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच