काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले विगतमा नेकपा पार्टी निर्माण भएपछि पार्टी सञ्चालनमा शीर्ष नेतृत्वले ढंग नपुर्याएको आराेप लगाउनु भएकाे छ ।
बिहीबार बुटवलको एक कार्यक्रममा उपमहासचिव शर्माले कम्युनिस्ट पार्टीको पुनर्संरचना अनिवार्य भएको बताउँदै यस्तो आरोप लगाएको भएको हो ।
सहिद प्रतिष्ठानले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले पार्टी पुनर्गठनका लागि आवश्यक त्याग गर्न सबै तयार हुनुपर्ने पनि बताउनु भयो ।
शर्माले भन्नुभयो, “आजको नयाँ पुस्ताले चाहेको के हो ? सबै आवश्यकतालाई सम्बोधन गर्दै कम्युनिस्ट आन्दोलनलाई ध्रुवीकरण र पुनर्संरचना गर्नुपर्छ। वृहत्तर राष्ट्रिय स्वार्थमा केन्द्रित भएर पुनर्गठन गर्नु आवश्यक छ।”
उहाँले २०७४ सालमा नेकपा गठन हुँदा नेता र कार्यकर्तामा उत्साह देखिएको तर नेताहरूको व्यक्तिगत स्वार्थका कारण उत्साहमा अवरोध आएको आरोप पनि लगाउनुभयो।
“झन्डै दुई तिहाइ मत पाएको पार्टी विघटन भयो। पार्टीभित्र अलोकतान्त्रिक र वैचारिक अभावका कारण समस्या देखियो,” शर्माले भन्नुभयो।
साथै, उहाँले पुराना पुस्तालाई आलोचना गर्ने होइन, विगतबाट शिक्षा लिएर जनताको पार्टी निर्माण गर्नुपर्ने र सम्पूर्ण कम्युनिस्ट पार्टीलाई एकीकृत गरेर अगाडि बढाउन निरन्तर अभियान चलाउनुपर्नेमा जोड दिनुभयो।
नेता शर्माले पार्टीभित्रको समस्या सरकारमा जान छामछुम गर्ने प्रवृत्ति र पार्टीलाई आफ्नो निजी क्षेत्र ठान्नुका कारण देखिएको पनि बताउनु भयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच