काठमाडौं । सिनेमाघरमा चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ प्रदर्शनमा आएको छ । लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको समुन्द्र भट्टको निर्देशन रहेको चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ आज (शुक्रबार)देखि प्रदर्शनमा आएको हो ।
‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’, ‘कोशेढुंगा’, ‘मोहर’लगायत चलचित्र हलमा रहँदा ‘गुन्यु चोलो : द ड्रेस’ प्रदर्शनमा आएको छ । आज (शुक्रबार)देखि ‘मोहर’ तेस्रो हप्ता, ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ दोस्रो हप्तामा प्रवेश गरेका छन् भने ‘कोशेढुंगा’ बिहीबारदेखि प्रदर्शनमा आएको हो ।
सिनेमाघरमा चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ प्रदर्शनमा आएको छ । ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’, ‘कोशेढुंगा’, ‘मोहर’लगायत चलचित्र हलमा रहँदा ‘गुन्यु चोलो : द ड्रेस’ प्रदर्शनमा आएको हो । आज (शुक्रबार)देखि ‘मोहर’ तेस्रो हप्ता, ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ दोस्रो हप्तामा प्रवेश गरेका छन् भने ‘कोशेढुंगा’ बिहीबारदेखि प्रदर्शनमा आएको हो ।
‘गुन्यु चोलो : द ड्रेस’लाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंमा मात्रै पहिलो दिन शुक्रबारलाई १४ शो छुट्टयाएको छ । दर्शक उल्लेख्य पाउँदा यो शो संख्या कम होइन । दर्शकले चलचित्र मन पराएको खण्डमा भने हलहरूले शो थप्ने गरेका छन् ।
ट्रेलर र अन्य सामग्रीमा नाजिर हुसेनको पफर्मेन्सको तारिफ भइरहेकाले सिनेमालाई दर्शकले मन पराउनेमा निर्माण पक्ष विश्वस्थ छ । ‘गुन्यु चोलो : द ड्रेस’मा नाजिर हुसेनको मुख्य भूमिका छ । उहाँले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गर्नुभएको छ । नाजिरसँगै चलचित्रमा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।
नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरीमा निर्मित यो चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ । चलचित्रको सम्पूर्ण पोष्ट प्रोडक्सनको काम बाहिर गरिएको छ । चलचित्रको एडिट, कलर, मिक्सिङ, साउण्ड डिजाइनदेखि ब्याकग्राउण्ड म्युजिकसम्मको काम हलिउड शैलीमा बाहिरै गरिएको छ ।
चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिनुभएको छ भने ब्याकग्राउण्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दी फ्रान्सिसीले गर्नुभएको छ ।
यो चलचित्र नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको हो । चलचित्रमा आकाश बुढाथोकी र भि-भन्से जानुबोनको लगानी छ । चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुनुहुन्छ भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता रहनुभएको छ । आलोक शुक्लाले खिचेको चलचित्रमा लेखु सहयात्रीको गीत रचना छ । यो चलचित्र अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट भएको थियो ।
सुदर्शन थापाको निर्देशनमा ‘शुभ विवाह’
‘ककाकिकी’ पार्श्व गायनमा अर्जुनको डेब्यु
‘ए मेरो हजुर-५’को शुभमुहूर्त, बडीमालिका
गान्तोकमा नेपथ्यको पहिलो सांगीतिक प्रस्तुति
‘लोकल हिरो’मा अरुण क्षेत्री
‘रोड टु एभरेस्ट’को ट्रेलर सार्वजनिक